मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछाम : ४ प्रदेशसभा अधिबेशनमा ११ जना सभापतीको दौडमा

कांग्रेस अछाम : ४ प्रदेशसभा अधिबेशनमा ११ जना सभापतीको दौडमा


अछाम : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश, क्षेत्रिय र जिल्ला अधिबेशनको मिति नजिकिदैँ जादा चुनावी चहलपहल तिब्र रुपमा अघि बढेको छ ।

नेपाली कांग्रेसले ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ १४ औँ महाधिवेशन’ नारा लिएको १४ आँै महाधिबेशनको सेरोफेरोमा देशव्यापी रुपमा नेता तथा कार्यकर्ताहरु पार्टी भित्र अन्तर संघर्षको दौड धुपमा लागेका छन ।

कांग्रेसको नेतृन्व फेरवदल गर्ने महाअभियानका रुपमा रहेको महाधिवेशनले यतीखेर गाउँ देखी शहर सम्म दुर दराज र ग्रामिण भेगका विभिन्न ठाउँहरुमा मुलक कांग्रेसमय बनेको देखिन्छ ।

अछाम जिल्लामा पनी कांग्रेसका शिर्ष नेताहरु देखि सामान्य कार्यकर्ताहरु गाउँ बस्ती सम्म पुग्दै क्षेत्रिय प्रतिनिधीहरुलाई विभिन्न आश्वासन देखाउदैँ आफ्नो पक्षमा भोट माग्न थालेका छन् । जिल्लाका दुबै निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ताहरु भोट माग्न व्यस्त देखिन थालेका हुन ।

मंसिर ३ गते हुने प्रदेश सभाको चुनावका लागि दुबै क्षेत्रको तयारीलाई व्यापक रपमा अगाडी बढाईएको छ भने प्रदेशका उम्मेद्धारहरु भोट माग्न व्यस्त छन् । २ वटा निर्वाचन क्षेत्र गरी ४ वटा प्रदेश सभा क्षेत्र रहेको अछाम जिल्लामा ११ जना उम्मेद्धारले दाबी गरेका छन् ।

निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा ‘क’ मा २ र ख मा ५ जना चुनावी दौडमा ।

अछाम जिल्लाको निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा क का लागि २ जना चुवावी दौडमा रहेका छन् । साँफेबगर नगरपालिका र चौरपाटी गाँउपालिका मिलेर बनेको प्रदेश सभा क का लागि महेश खड्का र गोकुल भाट चुवानी दौडमा होमिएका छन् ।

नेपाली कांग्रेस साँफेबगर नगर कार्यसमिती सभापती रहेका भाट र चौरपाटी गाँउपालिकाबाट क्षेत्र नं. १ क्षेत्रिय कार्य समिती सदस्य रहेका खड्काका बिच प्रतिष्पर्धा हुने भएको हो । उनिहरु दुबै जनाले आफुलाई बलियो उम्मेद्धारका रुपमा अघि सारेको भन्दै आफ्नो पक्षमा परिणाम आउने दाबी गरेका छन् । दुई जना मात्रै उम्मेद्धार भएका कारण उनिहरु बीच कडा प्रतिष्पर्धा हुने आंकलन गरिएको छ ।

क्षेत्र नं. १ को प्रदेश सभा ख का लागि ५ जना चुवावी दौडमा रहेका छन् । रामारोशन गाँउपालिका, बान्नीगढी जयगढ गाँउपालिका र मेल्लेख गाँउपालिका मिलेर बनेको प्रदेश सभा खका लागि युवा नेता डम्बर स्वाँर, चन्द्र प्रकाश देवकोटा, पदम शाह, पदम खड्का र कमल खनाल चुवानी दौडमा होमिएका छन् ।

निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा क र ख गरी ४ जना चुनावी दौडमा ।

जिल्लाको निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा क को सभापती पदका लागि २ जना बिच प्रतिष्पर्धा हुने भएको छ । बिनायक पञ्चदेवल नगरपालिका, कमलबजार नगरपालिकाको केही भाग र तुर्माखाँद गाँउपालिका मिलेर बनेको प्रदेश सभा क को सभापती पदका लागि युवा नेता तारा प्रसाद खनाल र कर्ण बहादुर बुढा चुवानी दौडमा होमिएका छन् ।

यस्तै प्रदेश सभा ख का लागि पनि २ जना चुवावी दौडमा रहेका छन् । मंगलसेन नगरपालिका, कमलबजार नगरपालिकाको केही भाग र ढकारी गाँउपालिका मिलेर बनेको प्रदेश सभा ख मा युवा नेता रबिन्द्र बहादुर शाही र पूर्ण रावल बिच प्रतिष्पर्धा हुने भएको छ ।

९१ वडा रहेको अछाम जिल्लामा क्षेत्र नं. १ का ४२ वडा बाट र क्षेत्र नं. २ का ४९ वडाबाट जना चुनिएका १५ सय ६७ क्षेत्रिय प्रनितिधी मतदाताका रुपमा रहेका कांग्रेस जिल्ला सचिव नम बहादुर शाहीले बताए ।