मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकारीताबाट राजनितिमा होमिएका ३ अनुहार : कांग्रेसको १४ औं महाधिबेशनमा भिड्दै

पत्रकारीताबाट राजनितिमा होमिएका ३ अनुहार : कांग्रेसको १४ औं महाधिबेशनमा भिड्दै


अछाम । नेपाली कांग्रेसको १४ औँ महाधिबेशनको मिति नजिकिदै जाँदा अधिबेशन हुन बाँकी रहेका देशका बिभिन्न जिल्लामा चुनावी चहल पहल तिव्र रुपमा अघि बढेको छ ।

नेपाली कांग्रेसले ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण, सफल बनाऔँ १४ औँ महाधिवेशन’ नारा लिएको १४ आँै महाधिबेशनको सेरोफेरोमा देशव्यापी रुपमा नेता तथा कार्यकर्ताहरु पार्टी भित्र अन्तर संघर्षको दौड धुपमा लागेका छन ।

अछाम जिल्लामा पनी कांग्रेसका शिर्ष नेता र कार्यकर्ताहरु गाउँ बस्ती सम्म पुग्दै क्षेत्रिय प्रतिनिधीहरु संग भोट माग्न थालेका छन् । जिल्लाका दुबै निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ताहरु भोट माग्न व्यस्त देखिन थालेका हुन ।

मंसिर ३ गते हुने प्रदेश सभा र ६ गते हुने क्षेत्रिय अधिबेशनका लागि नेता कार्यकर्ताहरु दौडधुपमा व्यस्त रहेका छन् । क्षेत्रिय अधिबेशनले नै महाधिबेशन प्रतिनिधीको टुंगो लगाउने भएका कारण नेताहरुको ध्यान ६ गते हुने क्षेत्रिय अधिबेशनमा बढी केन्द्रित भएको छ ।

२ निर्वाचन क्षेत्र रहेको अछाम जिल्लाबाट करिब २ सय जना भन्दा बढी महाधिबेशन प्रतिनिधीका उम्मेद्धार हुने आंकलन भईरहेका बेला ३ जना भने फरक पेशाबाट राजनितिमा होमिएका छन् अनुहार छन् ।

करिब २ दशक अछामी पत्रकारीता पेशामा समय खर्चेका बेदप्रकाश तिमिल्सैना, बिनोद थापा र राम बहादुर कुवँर कांग्रेसको सक्रिय राजनितिमा प्रबेश गरेका छन् । उनिहरु मध्ये तिमिल्सैनाले आफुलाई कांग्रेस अछामको जिल्ला सचिवमा अघि सारेका छन् ।

थापा र कुवँरले भने १४ औँ महाधिबेशनका लागि प्रतिनिधी पदमा आफुहरुलाई प्रस्तुत गरेका छन् । पत्रकारीता पेशामा रहदाँ अछामी संचार जगतको पर्नउत्थान र पुर्नजागरणमा योग्दान दिएका ३ जनाको उम्मेद्धारीलाई चाँसोको रुपमा हेरिएको छ ।

अछाम जिल्लामै संचारमाध्यम नभएका बेला तिमिल्सैना र थापाले नेतृत्व गर्दै जिल्लामा पहिलो पटक सामुदायिक रेडियोको स्थापना गरेका थिए । औलामा गन्न सकिने संचारकर्मी तथा पत्रकार भएको अछाममा उनिहरु ३ जनाको सक्रियतामा अहिले यसको विकास गुणत्मक रुपमा भएको छ । त्यो संगै जिल्लामा संचारमाध्यमको समेत तिव्र रुपमा विकास भएको छ ।

पत्रकारीता पेशमा रहदाँ समाज परिवर्तन, सुशासन, विकास निर्माणका पक्षमा वकालत गर्दै जनतालाई सुसुचित गर्न उनिहरुले खेलेको भुमिकाको अहिले पनि उत्तिकै प्रशंसा हुन्छ । यस्तै समाजका कुरिती, कुसंस्कार, छाउपडी प्रथा छुवाछुत प्रथाको अन्त्यका लागि संचार माध्यमबाट उनि ठुलो भुमिका निर्वाह गरेका थिए । अछाम जिल्लालाई खुल्ला दिशा मुक्त बनाउन समेत उनिहरुले महत्वपूर्ण भुमिका खेलेका थिए ।