मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधी सभा क्षेत्रिय अधिबेशन : कांग्रेस क्षेत्र नं. २ को सभापतीमा शर्मा र धामी भिड्दै

प्रतिनिधी सभा क्षेत्रिय अधिबेशन : कांग्रेस क्षेत्र नं. २ को सभापतीमा शर्मा र धामी भिड्दै

३० बर्ष देखि कांग्रेसमा लोकतन्त्र र प्रजातन्त्रका लागि सर्मपण भएर लागेको छु, सुदृढ र सबल कांग्रेसका लागि मेरो उम्मेद्धारी : नेता शर्मा


अछाम । नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत भोली सोमबार बाँकी रहेका जिल्लामा प्रतिनिधी सभा क्षेत्रिय अधिबेशन हुदैछ । ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ १४ औँ महाधिवेशन’ नारा लिएको कांग्रेसको १४ आँै महाधिबेशनको सेरोफेरोमा देशव्यापी रुपमा नेता तथा कार्यकर्ताहरु पार्टी भित्र अन्तर संघर्षको दौड धुपमा लागेका छन ।

२ वटा प्रतिनिधी सभा निर्वाचन क्षेत्र रहेको अछाम जिल्लामा भने क्षेत्रिय अधिबेशनको तयारी अन्तिम चरणमा पुगेको छ । क्षेत्र नं. २ को अधिबेशन कमलबजार र क्षेत्र नं. १ को साँफेबगरमा हुने तय भएको छ । अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको र भोली दुबै क्षेत्रमा उद्घाटन गरिने कांग्रेस अछामले जनाएको छ ।

क्षेत्र नं. २ का लागि २ जनाले उम्मेद्धारी घोषणा गरेका छन् भने क्षेत्र नं. १ मा ४ देखि ५ जना उम्मेद्धार रहेकोमा कति जना रहने एकिन भईसकेको छैन् । क्षेत्र नं. २ मा दुई जना युवा नेता प्रतिष्पर्धामा उत्रिने भएका छन् । वर्तमान क्षेत्रिय कार्य समितीका सचिव टंक बहादुर धामी र जिल्ला कार्य समिती एवंम तुर्माखाँद गाँउपालिकाका अध्यक्ष पुष्प शर्मा बिच प्रतिष्पर्धा हुने भएको छ ।

यसअघि २ पटक क्षेत्रिय सभापतीमा उम्मेद्धार रहेका शर्मा र वर्तमान कार्य समिती सचिव बिच सभापतीका लागि प्रतिष्पर्धा हुने भएको हो । उनिहरु दुबै जना आफ्नो पक्षमा भोट माग्न व्यस्त रहेका छन् ।

३० बर्ष देखि कांग्रेसमा लोकतन्त्र र प्रजातन्त्रका लागि सर्मपण भएर लागेको छु : उम्मेद्धार शर्मा

२०४८ सालमा नेबिसंघको सदस्यता लिएर राजनितिमा प्रबेश गरेका युवा नेता हुन् पुष्पराज शर्मा । नेबिसंघको ईकाई समिती का मगर्दै नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसको ईकाई अध्यक्ष भएका शर्माले सोही क्याम्पसबाट स्वबियु सभापती निर्वाचित भए । पढाई सकेपछि अछाम फर्केका नेता शर्मा नेपाली बिद्यार्थी संघ अछामको सदस्य भएर काम गरे । २०६/२६ को जनआन्दोलनका क्रममा राज्य द्रोह र देश द्रोहको मुद्धामा ५ महिना हिरासतमा जेल जीवन बिताएका शर्माले नेपाली कांग्रेस अछामको राजिनितिमा सक्रिय हुदैँ कांग्रेसको १२ औँ र १३ औँ महाधिबेशनमा क्षेत्र नं. २ को सभापतीमा उम्मेद्धारी दिएर पराजित भएका नेता शर्माले १४ औँ महाधिबेशनमा फेरी पनि क्षेत्रिय सभापतीको रुपमा अघि सारेका छन् ।

तेश्रो पटक पनि क्षेत्रिय सभापतीमा उम्मेद्धारी किन भन्ने हाम्रो पश्नमा उनि भन्छन् जहाँ पुगेर आफ्नो राजनितिक यात्रा रोकिएको छ त्यही ठाँउबाट सुरु गर्नु पर्छ भन्ने मान्यता राख्दै आफुले उम्मेद्धारी दिएको हुँ । युवा पुस्तालाई संगसंगै लैजान र कांग्रेसलाई जनतासंग जोड्न आफ्नो उम्मेद्धारी भएको उनको दाबी छ । सुशासन, सुदृढ र सबल कांग्रेस निर्माणका लागि संस्थागत अनुशासन, असल कार्यकता बनाई युग अनुसारको गतिशिल कांग्रेस अछाम बनाउने योजनाका साथ आफ्नो उम्मेद्धारी रहेको उनको भनाई छ ।

सबैको साझा पार्टी बनाउन र भातृसंगठनहरु चलायमान बनाउने लक्ष्य रहेको उनले बताए । उनि भन्छन् जीवन्त पार्टीमा मन मिल्नेहरुको फरक फकर समुह हुनु स्वभावीक हो, यसलाई आन्तरिक प्रतिष्पर्धाका रुपमा लिनुपर्छ । लोकतन्त्रको सुन्दर पक्ष नै चुनाव हो त्यसकारण यसलाई अन्यथा लिनु हुदैन भन्ने मेरो मान्यता छ, उमेरले ४५ बर्ष हुन लागे ३० बर्ष देखि कांग्रेसमा लोकतन्त्र र प्रजातन्त्रका लागि सर्मपण भएर लागेको छु, कांग्रेस अछाममा २०५१ देखि पार्टीको पक्षमा स्वभिमान भएर काम गरेको छु । कांग्रेसको संगठन अघि बढाउन निरन्तर क्रियाशिल भएर काम गरिरहँदा १२ बर्ष भन्दा पहिले पनि सभापती रुपमा प्रस्तुत भएको थिँए । त्यसकारण मलाई यसपटक सबै क्षेत्रिय प्रतिनिधी ज्युहरुले माया गुर्नहुनेछ भन्ने अपेक्षा लिएको छु ।

नेता शर्मा २०७४ सालको स्थानिय तहको चुनावमा कांग्रेसको टिकट लिएर तुर्माखाँद गाँउपालिकाको अध्यक्ष पदमा बिजयी हासिल गरे । विकट सुदूरपश्चिमको अछाम जिल्ला त्यसैमा झन विकट तुर्माखाँद गाँउपालिकाको अध्यक्षको कारभार सम्हाल्न आफुलाई कम चुनातीपुर्ण थिएन उनि भन्छन् जहाँसम्म पालिकाका सबैवडामा सड्क पहुँच पुग्दैन तबसम्म सरकारी सुबिधाको गाडी नचढ्ने अठोट लिएर आफ्नो कार्यकालको सुरुवात गँरे । सरकारी सुबिधाको गाडी प्रयोग गर्नेमा उनि अछाम जिल्लामै पहिलो र एकमात्र पालिका प्रमुख हुन् ।

उनले आफ्नो कार्यकालमा पहिलो पटक जिल्लाको कमलबजार देखि तुर्माखाँद गाँउपालिका सम्म पक्की सड्का लागि संघ प्रदेश र स्थानिय सरकारबा बिचमा सम्झौता गर्न सफल भए । पर्यटनको प्रचुर सम्भावना बोकेको पालिकालाई पर्यटकिय गन्तव्यका रपमा अघि सार्ने योजना अनुसार काम भईरहेको उनले बताए । पालिकाका सबै वडामा सड्क सञ्जाल जोडिनु पहिलो सफलता मान्ने नेता शर्मा अछामलाई तराई संग जोड्ने छोटो दुरीको जंगलघाट बाटो निर्माण सुरु, स्वास्थ्यको क्षेत्रमा पालिकामै १० शैयाको अस्पताल निर्माण प्रक्रियाको थालनी, गाँउपालिकालाई साक्षर र छाउगोठ मुक्त पालिका घोषणा, अपांग, असाह्य र बृद्धबृद्धालाई बैंक मार्फत सामाजिक भक्ता बितरण, स्वयमसेवीकालाई अछामका सबै पालिका भन्दा बढी प्रोत्साहन भत्ता, शिक्षाको क्षेत्रमा प्राबिधिक शिक्षाको सुरुवात र निजि ल्याबको स्थापना, पालिकाद्धारा एक सय शिक्षक व्यावस्थापन, सहज खानेपानीका लागि योजनाहरु सम्पन्न, कृषी र जीवीको पार्जन र आयआर्जनका कार्यक्रमहरु लागु गर्नु आफ्नो कार्यकालका मुख्य उपलब्धीको रुपमा लिन्छन् ।

अछाम क्षेत्र नं. २ मा पार्टीलाई पहिलो बनाएका छौँ, अब पुरै कांग्रेसमय बनाउन मेरो उम्मेद्धारी हो : उम्मेद्धार धामी ।

नेविसंघमा सक्रिय ुहदैँ कांग्रेसको राजनीतिमा प्रबेश गरेका युवा नेता हुन् टंक बहादुर धामी युवा नेता हुन् । वर्तमान कार्य समितीमा सचिव रहेका नेता धामीले आफुलाई सभापती पदको रुपमा अघि सारेका छन् । राजनिति संगै समाज सेवा र शिक्षा क्षेत्रमा अग्रणी भुमिका खेलेका धामीले समाज परिर्वतन र कांग्रेस अछामको बलियो संगठन निर्माणका लािग सभापतीमा उम्मेद्धारी दिएको बताए ।

वर्तमान कार्य समितीमा सचिव पदमा रहेर काम गरिसकेका धामी भन्छन् सचिव भएर काम गरिसकेपछि अब स्वभाविक रुपमा अर्को स्टेप भनेको सभापती पद हो मैले त्यही अनुसार उम्मेद्धारी दिएको हुँ । पञ्चदेवल बिनायक क्यापसमा समेत काम गरेका धामी शैक्षिक एवंम बौद्धिक व्यक्तीका रुपमा चिन्छिन् ।

आफु सचिव पदमा रहँदा कांग्रेस अछामलाई बलियो संगठन बनाई क्षेत्र नं. २ का ५ मध्ये ४ पालिकामा कांग्रेसले बिजयी प्राप्त गरेको बताए । उनि भन्छन् मैले सचिव पदको भुमिका निर्वाह गर्दे गर्दा क्षेत्र नं. २ मा पार्टीलाई पहिलो बनाएका छौँ अबको गन्तव्य भनेको पनि प्रतिनिधी सभा, प्रदेश सभा र स्थानिय तहमा पुरै कांग्रेसमय बनाउन मेरोे सभापती पदमा उम्मेद्धारी हो ।

क्षेत्र नं. २ का क्षेत्रिय प्रतिनिधीले साथ दिए आफुले बोलेर भन्दा व्यावहारमै काम गरेर देखाउने अठोट लिएको उनको भनाई छ । उनि भन्छन् पार्टीको आन्तरिक संघर्षका रुपमा रहेको महाधिवेशन कुनै आम निर्वाचन जस्तो नगरी रुपान्तरण सहितको नेतृत्व आन्तरिक सहमति बाटै गर्दा दल प्रति जनविश्वास झन बढ्ने भन्दै त्यसका लागि आफु तयार रहेको पनि बताए । रेडियो पञ्चदेवल एफएम विनायकको सञ्चालक समेत रहेका धामी नेपाली कांग्रेसको सकृय राजनितीमा सक्रिय रहेका छन् ।