मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फरक पेशाबाट राजनितिमा होमिएका ३ अनुहार, कांग्रेस महाधिबेशन प्रतिनिधीमा प्रतिष्पर्धा गर्दै

फरक पेशाबाट राजनितिमा होमिएका ३ अनुहार, कांग्रेस महाधिबेशन प्रतिनिधीमा प्रतिष्पर्धा गर्दै


अछाम । नेपली कांग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत सोमबार प्रतिनिधि सभा निर्वाचन क्षेत्रिय अधिबेशन हुदैछ । अधिबेशनले क्षेत्रिय कार्य समिति सहित महाधिबेशनका लागि प्रतिनिधी चुन्ने काम पनि गर्ने छ । कांग्रेस महाधिबेनको आर्कषणका रुपमा हेरिको क्षेत्रिय अधिबेशनबाट सभापती सहति २५ जना महाधिबेशन प्रतिनिधी छानिने छन् ।

२ वटा निर्वाचन क्षेत्र रहेको अछाम जिल्लाबाट ५२ जना प्रतिनिधी चयन हुनेछन् जसका लागि करिब १ सय ५० जना भन्दा बढीले प्रतिष्पर्धा गर्दैछन् । ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ १४ औँ महाधिवेशन’ नारा लिएको कांग्रेसको १४ आँै महाधिबेशन अन्र्तगतको क्षेत्रिय अधिबेशनमा यस पटक केही फरक अनुहार पनि महाधिबेशन प्रतिनिधीको दौडमा देखिएका छन् ।

राजनितिक पेशा भन्दा बाहिर बाट केही नयाँ अनुहार यसपटकको अधिबेशनमा प्रतिनिधीको लागि प्रतिष्पर्धा गर्दैछन् । जिल्लाका पेशाले फरक पेशाकर्मी र व्यवसायी भएपनि उनिहरु नेपाली कांग्रेसको अधिवेशनबाट सक्रिय राजनीतिमा जोडिन थालेका छन् ।

पदमराज अधिकारी

नेपाली कांग्रेसको राजितिनमा गएको महाधिबेशनबाट सक्रिय भएका व्यक्ती हुन् पदमराज अधिकारी । नेपाली कांग्रेसको १३ औँ महाधिबेशनबाट महाधिबेशन प्रतिनिधीमा निर्वाचित भएका अधिकारी पेशाले शिक्षक हुन् । ११ औँ महाधिबेशनबाट निरन्तर क्षेत्रिय प्रतिनिधी हुदैँ आएका अधिकारी यसपटक १४ औँ महाधिबेशनमा पनि महाधिबेशन प्रतिनिधीको रुपमा अघि सरेका छन् ।

शिक्षक पेशाबाट अब राजनितिमा सक्रिय हुने भन्दै आफुलाई दोश्रो पटक महाधिबेशन प्रतिनिधीको रुपमा अघि सारेका छन् । समाजसेबी एबम बौद्दिक नेताका रुपमा अधिकारीलाई लिने गरिन्छ । खासगरी समाज परिबर्तन र जिल्लाको समग्र शैक्षिक क्षेत्रमा देखिएका मुद्दाका सवाल आवाज उठाउन अब राजनितिमा सक्रिय रहने भन्दै उनले उम्मेद्धारी घोषणा गरेका हुन् ।

आफुले बिगत लामो समय देखि शिक्षण पेशामा काम गर्दा बटुलेका अनुभव र देखिएका समस्यालाई समाधन गर्न सक्रिय रहने उनको भनाई छ । जिल्लाको शिक्षा संगै स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास लगायतका क्षेत्रमा सुधार र विकासका लागि आफुले उम्मेद्धावरी दिएको उनको भनाई छ ।

समाजसेवामा समेत सक्रिय रहेका नेता अधिकारीले समाज परिर्वतनका लागि आफ्नो नियमित पेशा बाहेकको खाली समयमा राजनितिमा सक्रिय रहेर समाज परिर्वतनका लागि भुमिका खेल्दै आएका छन् । राजनीति आफ्नो लागि नभई पार्टीको नीति, विधि र पद्धतिमा रही समाजको न्यायको लागि राजानितिक गर्नु पर्छ भन्ने मान्यताले आफु अघि बढेको उनको भनाइ छ ।

जिल्लाका शैक्षिक मुद्धाका सवालमा आवाज उठाउने, शिक्षकहरुका हकहित संगसंगै पार्टीको संगठन निर्माण र सुधारका लागि आफुु सक्रिय रहने उनले बताए ।

डा. सन्तोष उपाध्याय

अछाम जिल्लामा जन्मेर राष्ट्रिय स्तरमा ख्याती कमाएका चिकित्सक हुन् डा. सन्तोष उपाध्याय । पेशाले स्वास्थ्यकर्मी रहेका उपाध्यायले नेपाली कांग्रसको १४ औँ महाधिबेशन अन्र्तगत अछाम जिल्लाको क्षेत्र नं. २ बाट महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी दिने उद्घोष गर्दै राजनितिक यात्रा सुरु गरेको बताए ।

एमबिबिएसको पढाई सकरे स्वास्थ्य सेवा गर्न अछाम पुगेका डा उपाध्याय डेढ बर्ष जति कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा बसेर त्यस क्षेत्रका जनताको सेवा गरे । कमलबजारमा सेवा गर्दै गर्दा उनको मनमा यस्तो कुरा खेल्दै गयो कि बिरामी मात्रै हेरेर समस्या समाधान नहुने रैछ ।
उनि भन्छन् मैले प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामी हेर्दा लाग्यो हामी संग यति धेरै समस्या छन् जुन बिरामीको उपचार गरेर मात्रै सम्भव छैन् त्यसका लागि निति निर्माण तहमै बसेर काम गर्नुपर्छ । त्यहि कुरामा निर्णय लिएर उनले समाजका लागि केही गर्नुपर्छ भन्ने उद्देश्य बोकेर सबै नितिको मुल निति राजनितिमा लागेर समस्या समाधान गर्न तर्फ होमिएको उनको धारणा छ ।

धेरै पढेलेखेका मान्छे राजनितिमा नआएका कारण जनताले दुख भोगेका छन् त्यसकारण अब पढेलेखेका युवाहरु राजनितिमा आएर समाज परिवएतन गर्नु पने र त्यसका लागि आफुमा नेतृत्व गर्ने क्षमता भएका कारण राजनितिमा होमिएको डा. उपाध्यायको भनाई छ । देश बिदेशमा नेपालको प्रतिनिधित्व गरेर आफुले काम गरेको र राजनितिमा पनि सक्छु भन्ने धारणा बोकरे अघि बढ्को उनले बताए ।

एकैछिमा ठुलो परिर्वतन नआएपनि आफ्नो राजनितिक प्रबेशले थु्रपै युवाहरुलाई राजिनितमा प्रबेश गराउन उत्साहित र मनोबल बढाउने काम गर्ने उनको बिश्वास छ । जनताका संगै आफु घुलमिल भएर काम गरेको छु, बर्षौ देखि स्थापित भएका नेताहरुले केही गर्न नसेको अवसथामा आफुले छोटो समयमै धेरै काम गरेका कारण महाधिबेशन जित्नेमा ढुक्क रहेको उनको दावी छ ।

आफु अछाममा आईसकेपछि जिल्लाका २ बिद्यालयमा पुष्तकालय स्थापना, गाँउठाँउमा शिबिर संचालन, जिल्ला अस्पताललाई फोटोथेरापी मेसिन उपलब्ध गराउने काम देखि कोरोनाको बेला अक्सिजन कन्सन्टेटर उपलब्ध गराउने जस्ता काम गरेको उनले बताए । जसले गर्दा बिरामीलाई र बिद्यार्थी सहज भएको उनि बताउछन् ।

शिक्षामा सुधार नल्याएसम्म यहाँको जविन सुधार गर्न नसकिने भन्दै डा. उपाध्यायले निकट भबिष्यमै अछामका १० बिद्यालयमा र १ बर्ष भित्रमा जिल्लाका ९३ माबीमा पुष्तकालय स्थापना गर्ने महत्वकांक्षी लक्ष्य बोकेको उनले सुनाए । राजनितिमा स्थापित हुन मलाई केही बर्ष लाग्न सक्छ, उनि भन्छन् तर म अछामलाई पछिडिएको क्षेत्रबाट हटाउन र शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन क्षेत्र काम गर्न लाग्नेछु ।

महाधिबेशनमा जस्तोसुकै नतिजा आएपनि आफ्नो उम्मेद्धारीले जिल्लाको राजनितिमा सकरात्मक परिर्वतन ल्याउनेमा आफु बिश्वस्त रहेको र आफ्नो यात्रा नरोकिने उनको भनाई छ । मिस्टर नेपाल सन् २०१९ को अर्वाड जितेका डाक्टर उपाध्याय सन् २०२० को मिस्टर सुपस्टार संगै मिस्टर सुपईन्टरनेश्नल २०२१ मा थर्ड रनरअप हुन् ।

मान बहादुर शाही

२०४८ सालमा बिद्यामन्दिर माबी बिनायकमा नेबिसंघको ईकाई अध्यक्ष भएका पेशाले ईन्जिनियर मान बहादुर शाही पनि माथिका २ जना जस्तै आफ्नो पेशा र सामाजिक क्षेत्रमा अबल्ल र सक्रिय व्यक्ती हुन् । २०५० सालमा नेसिबसंघ अछामको सदस्य भएर काम गरेका शाही पुल्चोक ईन्जिनियरिगं कलेजबाट स्ववियू सहसचिव भएका थिए ।

नेपाली कांग्रेस अछाम काठमाण्डौ सम्पर्क समितीको सदस्य हुदैँ सचिव भएका शाही कांग्रेसले उजाई तथा सिचाई विभागको केन्द्रिय समिती विज्ञ पनि हुन् । एक दशक भन्दा बढी देखि आफ्नो पेशामा सक्रिय रहेका शाहीले यसपटक भने आफुलाई कांग्रेसको राजनितिमा सक्रिय बनाउने उद्घोष गर्दे महाधिबेशन प्रतिनिधीमा उम्मेघारी घोषणा गरेका छन् ।

एक दशक मैले आफ्नो पेशा मार्फत पुर्वाधार विकास निर्माणका क्षेत्रमा काम गरे शाही भन्छन् त्यहाँ काम गर्दाको अनुभव राजनितिमा लागेर निति निर्माण योेग्दान दिन सके अछाम जिल्लाको पुर्वाधार विकासमा टेवा पुग्न सक्ने देखेर राजनितिमा होमिने निर्णय गरेको हुँ ।

विकासका पूर्वाधारका राजनितिक क्षेत्रको महत्वपुर्ण भुमिका रहने भन्दै अब आफै यस क्षेत्रमा सक्रिय भएर का मगर्ने उद्देश्यक साथ महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी दिएको उनको भनाई छ । बिद्यार्थी कालमा नेबिसंघको राजितिनिमा सक्रिय भएपनि पार्टीको राजनितिमा पहिलो पटक प्रतिष्पर्धा गर्न लागेको उनले बताए ।

पूर्वाधार लयायत निति निर्माणमा समस्या छ त्यस कारण अब आफ्नो अनुभवलाई त्यसमा लगाउन र अछामी जनताको सेव ागर्न सmित्रय ुहने उनको प्रतिवद्धता छ ।

माथिका ३ जना मध्ये कांग्रेसको सक्रिय राजनीतिमा होमिएका र पहिलो पटक निर्वाचन लड्दै गरेका फरक पेशा व्यवसायी समेत सक्रिय पार्टी राजनीतिमा जोडिन थालेकाको बिषयले कार्यकर्ताभित्र चर्चा छाएको छ । चिकित्सक पेशामै सक्रिय रहेका डा. दिनेश रावल पनि लोकप्रिय मतका साथ प्रदेश अधिबेशन प्रतिनिधीमा निर्वाचत भएका छन् ।

यस्तै पत्रकारीता पेशाबाट पनि ४ जना भन्दा बढी कांग्रेसको राजिनितमा होमिएका छन् । जिल्लामा पहिलोपटक महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिन लागेकाहरु बढी चर्चाको शिखरमा छन् । नेतृत्वमा पुग्न आकांक्षा राख्ने प्राय: पेशाकर्मी र व्यवसायीले महाधिवेशन प्रतिनिधि पदमा आकांक्षा राखेका छन् । यसपटकको महाधिबेनमा युवाहरुको सक्रियता पनि बढेका उत्तिकै बढेको छ ।