मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस महाधिबेशन २०७८ : अछामका दुबै क्षेत्रमा मतदान सकियो, राती नै मतगणना हुने

कांग्रेस महाधिबेशन २०७८ : अछामका दुबै क्षेत्रमा मतदान सकियो, राती नै मतगणना हुने


अछाम । नेपाली कांग्रेस अछामको प्रतिनिधी सभा क्षेधिय अधिबेशनमा मतदान कार्य सकिएको छ । मंगलबार बिहान ८ बजे बाट सुरु भएको मतदान साँझ करिब ६ बजेसम्म चलेको थियो ।

अछाम जिल्लाका दुबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण बतावरणमा मतदान कार्य सकिएको नेपाली कांग्रेस अछाम निर्वाचन समितीले जनाएको छ ।
निर्वाचन क्षेत्र नं. २ मा ८ सय ५६ मतदाता अर्थात क्षेत्रिय प्रतिनिधी रहेकोमा ८ सय ४२ मत खसेको निर्वाचन अधिकृत मातृका प्रसाद भण्डारीले बताए । १४ जना क्षेत्रिय प्रतिनिधी निर्वाचनमा उपस्थिती नभएको अधिकृत भण्डारीले जानकारी दिए ।

७ सय ६४ जना मतदाता रहेको निर्वाचन क्षेत्र नं. १ मा ७ सय ४७ मत खसेको निर्वाचन अधिकृतले गणेश ढुंगानाले बताए । क्षेत्र नं. १ मा पनि १८ जना प्रतिनिधी उपस्थित नभएका हुन् । दुबै निर्वाचन क्षेत्रमा आज राती नै मतगणना हुने बताईएको छ ।

९१ वडा रहेको अछाम जिल्लाका दबुै निवार्चन क्षेत्रमा जना १६ सय २० प्रतिनिधी रहेका छन् । हरेक निर्वाचन क्षेत्र बाट क्षेत्रिय सभापती सहित २६ जना महाधिबेशन प्रतिनधि चयन हुनेछन् भने क्षेत्रको नयाँ कार्य समिती चयन हुनेछ ।

जिल्लाको क्षेत्र नं. १ मा सभापती सहित २६ जनाका लागि ६० जना चुनावी प्रतिष्पर्धामा छन् । जसमा १० जना खुल्लाका लागि २७ जना, ४ जना महिला खुल्लाका लागि ७ जना, खस आर्य र समाबेशी गरेर २६ जना नेता प्रतिष्पर्धामा उत्रिएका छन् ।

यता क्षेत्र नं. २ मा भने क्षेत्रिय सभापती सहित २६ जनाका लागि ५६ जना प्रतिष्पर्धामा उत्रिएका छन् । खुल्लामा १० का लागि २१ जना, महिला खुल्लामा ४ का लागि ८ जना, खस आर्य ४ जनाको लागि १२ जना, ३ जना खसआर्य महिलाको लागि ६ जना, दलित पुरुष २ जनाको लागि ४ जना, दलित महिला १ जनाको लागि २ जना, अपांग १ जनाको लागि २ जना चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

यस्तै १५ जना क्षेत्रिय कार्य समितीको लागि २७ जनाको प्रतिष्र्पधा भएको छ ।