मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिपद प्रतिकायका लागि सामुदायिक पहल सम्बन्धी ४ दिने तालिम कमलबजारमा सम्पन्न

बिपद प्रतिकायका लागि सामुदायिक पहल सम्बन्धी ४ दिने तालिम कमलबजारमा सम्पन्न


अछाम : बिपद प्रतिकायका लागि सामुदायिक पहल सम्बन्धी ४ दिने तालिम कमलबजार नगरपालिकामा सम्पन्न भएको छ। USAID को आर्थिक सहयोग मर्सिको नेपाल र वाक नेपालको साझेद्धारीमा सञ्चालित भकारी परियोजना अन्तर्गत पालिका तथा समुदाय स्तरका कार्यदलका सदस्यका लागि आयोजित विपद प्रतिकार्यका लागि सामुदायिक पहल कार्यक्रम कमलबजार नगरपालिकामा सम्पन्न भएको हो ।

भकारी कार्यक्रम आछामका ३ वटा पालिकमा लागु भएको छ । विपद प्रतिकार्यका लागि सामुदायिक पहल तालिम पञ्चदेवल विनायक नगरपालिका मा मिति २०७८ ∕९∕ १३ गते बाट सुरु गरिएको थियो। सुरु भएको दिन देखि अहिले सम्म भकारी कार्यक्रम लागु भएका ३ वटा पालिकामा ६ वटा तालिम प्रदान गरि सकेको छ।

६ वटा तालिमबाट झन्डै १ सय ४४ जना सामुदायिक उद्धारकता उत्पादन गरेको छ। वाक नेपालका कार्य समितिका अध्यक्ष बल बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कमलबजार नगरपालिका नगर उपप्रमुख भुमिसरण ढकार रहेकी थिइन ।

उत्त कार्यक्रमका मर्सिकोर नेपाल को तर्फ बाट जिल्ला संयोजक प्रेम लुहार ले भकारी परियोजना तथा तालिमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । समुदायमा हुन सक्ने बिपद लाई मध्यनजर गर्दै समुदायमा पहिले उद्धारकता तयार गर्ने गर्न गरि बिपद प्रतिकार्यको सैद्धान्तिक तथा प्रयोगात्मक लगाएतका शिर्षकमा छलफल गरिएको थियो ।

USAID को आर्थिक सहयोग मर्सिकोर नेपालको साझेद्धारीमा सञ्चालित भकारी परियोजनाको आयोजनमा भएको कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो।

कायक्रममा सहभागिलाइ प्रमाण पत्र एक झोला र पेनड्र्रइप पनि प्रदान गरिएको थियो। ४ दिन सम्म सञ्चालन भएको कार्यक्रमको सहजिकरण कोर्ष कोडिनेटर दिपराज चट्रवत खेम प्रसाद भट्टराइ डिल्लिराज जोसी चन्द्र साउद बिर बहादुर भण्डारी ,आसु, अम्मर नाथ न्यौपाने लगायतले गरेका थिए ।