मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेशनल लाईफ ईन्स्योरेन्सद्वारा मृत्यृ दावी भुक्तानी

नेशनल लाईफ ईन्स्योरेन्सद्वारा मृत्यृ दावी भुक्तानी


अछाम : जीवन बीमा कम्पनी नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीले मृत्यृ दावी हस्तान्तण गरेको छ । कम्पनीले अछामको मेल्लेख गा.पा वडा न. ५ बिन्देबासिनीका स्वर्गिय अबिरल_रोकायाकाको मृत्यृ दाबी भुक्तानी गरेको हो।

उनका बुवा हिरा सिङ रोकाया तथा आमा सीता देबि रोकायालाई ६ लाख ८ हजार रुपैयाको मृत्यृ दावी रकम (चेक) भुक्तानी गरेको हो । स्वर्गिय रोकायालाई नेशनल लाईफ ईन्स्योरेन्समा गत २०७७ असार ३१ गते अभिकर्ता भुपेन्द्र रोकायाले जिवन अमृत बीमा गराएका थिए ।

नेशनल लाईफ इन्स्योरेन्स एजेन्सी कार्यालय मेल्लेख तथा नन्देगडाले सयुक्त रुपमा आयोजना गरेको कार्यक्रमका विच मेल्लेख गाउँ पालिका वडा न. ५ का वडा अध्यक्ष रमेश बहादुर खड्का तथा कम्पनीका शाखा प्रमुख दिपक बहादुर खड्का उक्त रकमको चेक हस्तान्तण गरे।

स्व.रोकायाले यस कम्पनीमा ३ लाखको बिमा गरि १ किस्ता मार्फत १९९८६ रकम मात्र तिरेका थिए । स्वर्गीय रोकायाको यहि २०७८ पौष ९ गते भारतको गुजरातमा करेन्ट लागेर मृत्यु भएको थियो ।

स्व.रोकायाका परिवारलाई कम्पनीको नियम अनुसार पाउने सुबिधा अन्तरगत बिमान्क रकमको २ गुणा ( ३ लाखको ६ लाख ) तथा सो समय सम्मको वोनस गरि जम्मा रु.६ लाख ८ हजार रकम प्रदान गरिएको कार्यलय प्रमुख दिपक बहादुर खड्काले बताए ।

कार्यक्रमका प्रमुख अतिथी मेल्लेख गा.पा. वडा न.५ का वडा अध्यक्ष रमेश बहादुर खड्काले बिमा गर्नै पर्ने कुरा भएकोले आफ्नो क्षमता अनुसारको बिमा जुन सुकै मानिसले पनि गर्नै पर्ने सल्लाह दिए ।