मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इमर्जिङ नेपालको आईपीओ आजबाट बिक्री खुला, कति भर्ने ? 

इमर्जिङ नेपालको आईपीओ आजबाट बिक्री खुला, कति भर्ने ? 

सुदूर आज

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले आजबाट आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको जनाएको छ । 

५ लाख ५५ हजार कित्ता सेयरमध्ये सर्वसाधारणले ५ लाख १६ हजार ७०८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । ११ हजार ११२ कित्ता कर्मचारीलाई र २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ । 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

आवेदन सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, मेरोसेयर वेबसाइट तथा एपमार्फत  दिन सकिनेछ । 

क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले कम्पनीलाई डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यो समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत हो ।