मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर–४’को शिर्ष गीत सार्वजनिक 

अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर–४’को शिर्ष गीत सार्वजनिक 


काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर–४’को शिर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गरेर चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । 

सार्वजनिक गीतमा शिव रेग्मी निर्देशित चलचित्र ‘ए मेरो हजुर’ को गीतको हुक लाइन ‘फूलको थुंगा हौ की’ मिश्रण गरेर तयार गरिएको छ । गीतमा गायक सुगम पोखरेल र गायिका अस्मिता अधिकारीको स्वर छ । रवि मल्लको शब्दरचना रहेको गीतमा कल्याण सिंहको संगीत सुन्न पाइन्छ । 

अनमोल र सुहाना फिचर्ड गीत पर्यटकीय सुन्दर गन्तव्य शे–फोक्सुन्डोमा खिचिएको छ । 

वैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको कथा निर्देशक स्वयं झरना थापा र छेतेन गुरुङले लेखेका हुन् ।