मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गीतकार पवन मधुश्रीको सिन्दुर सार्बजनिक (भिडियो सहित)

गीतकार पवन मधुश्रीको सिन्दुर सार्बजनिक (भिडियो सहित)


अछाम : प्रशासक, लेखक, साहित्यकार तथा गितकार पदम बहादुर माझी (पवन मधुश्री) को सिन्दुर सार्वजनिक भएको छ ।गितकार मधुश्रीको लय तथा शब्दमा रहेको सिन्दुरमा चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी र गायीका पम्फा कँडेलले स्वर
रहेको छ ।

यसअघि पनि गितकार मधुश्रीका जुनी, माटो, लगाएतका गितहरु बजारमा आईसकेका छन । प्रशासनिक क्षेत्रमा अब्बल मानिएका मधुश्री जिल्लाको पञ्चदेवल बिनायक नगर पालिकामा निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत रहेका छन ।

पछिल्लो समय उनले आफ्नो कामसंगै संगित तथा विभिन्न लेख रचना लेख्ने कामलाई पनि निरन्तर रुपमा अगाडी बढाउनुभएको छ ।

देशको आर्थिक, सामाजिक, राजनितिक, प्रशासनिक, लगाएतका क्षेत्रमा गहिरो अध्ययन गर्ने मधश्रुी पछिल्लो समय संगितमा पनि उत्तिकै ब्यस्त देखिन्छन । देशका चर्चित राष्टिय मिडिया हरुमा निरन्तर आफ्ना लखे हरु प्रकाशन गर्दै आएका उनले आफ्नो बौद्धिक सम्पतिलाई सुरक्षित राख्नका लागी पुस्तक समेत प्रकाशन गर्न थालेका छन् ।

संगित क्षेत्रलाई निरन्तरता दिने क्रममा शनिबार संगितबार माझीले सिन्दुर बजारमा ल्याएका हुन । उक्त गितलाई उनले आफ्नै यूट्युब च्यानल मधुश्री अफिसियलमा सार्वजनिक गरेका हुन ।

प्रशासनिक कामसंगै नेपाली गित संगित र साहित्य क्षेत्रको बिकासका लागी आफुले काम गरिरहने मधुश्रीले बताए ।