अछाम । बयालपाटा अस्पतालका तत्कालिन स्वास्थ्य सेवा निर्देशक डा विकास गौचनको बिदाई गरिएको छ । न्याय हेल्थ नेपालको व्यावस्थापनमा संचालित बयालपाटा अस्पतालमा बिगत १ दशक बढी देखि कार्यरत डा. गौचनको अस्पतालले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको हो ।
![](https://i0.wp.com/sudooraaja.com/wp-content/uploads/2022/04/gauchan.jpg?resize=720%2C540&ssl=1)
सुरुमा मेडिकल निर्देशक र पछि स्वास्थ्य सेवा निर्देशक पदमा कार्यरत डा. गौचनले राजिनामा दिएर गएपछि अस्पतालले बिदाई गरेको अस्पतालका बरिष्ठ सुचना तथा प्रबिधि अधिकृत दिपक बिष्टले बताए । डा. गौचन हाल गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालमा कार्यकारी निर्देशक पदमा कार्यरत छन् ।
अस्पतालले दोसल्ला ओडाएर डा. गौचनलाई मायाको चिनो प्रदान गर्दै बिदाई गरेको थियो । सोही अवसरमा अस्पतालको दन्त चिकित्सक पदमा कार्यरत डा. रेखा शेरचनको समेत बिदाई गरिएको थियो । ६ बर्ष भन्दा बढी सेवा गरेको भन्दै डा. शेरचनलाई समेत दोसल्ला र मायाको चिनो प्रदान गरि बिदाई गरिएको थियो ।
![](https://i0.wp.com/sudooraaja.com/wp-content/uploads/2022/04/vidai.jpg?resize=720%2C333&ssl=1)
एक दशक भन्दा बढी समय अछामको बयालपाटा अस्पतालमा कार्यरत रही यस क्षेत्रका जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा तथा समग्र जिल्लाको स्वास्थ्य सुधारका लागि उल्लेखनिय काम गरेको भन्दै उनको सम्मान सहित बिदाई गरिएको बयालपाटा अस्पतालले जनाएको छ ।
यस्तै डा. गौचनको स्वास्थ्य कार्यलय अछामले समेत बिदाई गरेको छ । कार्यालयका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले दश वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखको उपस्थितीमा डा. गौचनको बिदाई गरे । बिदईमा बोल्दै प्रमुख ढुंगानाले ढा. गौचनले अछाम जिल्लामा रहेर लामो समय सम्म सेवा दिएको भन्दै प्रशंसा व्यक्त गरे ।
अछाममा रहेर लामो समय सेवा दिन पाएको आफुलाई गर्व महशुस भएको डा. गौचनले बताएका थिए । आफु अछाममा रहाँदा यस क्षेत्रका सबै जनता, राजनितिज्ञ, पत्रकार तथा समाजसेवी सबै क्षेत्रबाट साथ सहयोग पाएको बताए । आफु कार्यरत संस्था बयालपाटा अस्पतालको स्तर उन्नित र प्रगतीका लागि आफु जहिल्यै साथ सहयोग गर्न तत्पर रहेको बताए ।
यसअघी नेपाल पत्रकार महासंघ अछामले समेत डा. गौचनको बिदाई गरेको थियो ।
प्रतिक्रिया