मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको राजनितिमा सक्रिय यि २ दाजुभाई जसले बहुदलपछि पहिलो पटक वडामा कांग्रेस जिताए

कांग्रेसको राजनितिमा सक्रिय यि २ दाजुभाई जसले बहुदलपछि पहिलो पटक वडामा कांग्रेस जिताए


अछाम । मंगलसैन गरपालिकाको वडा नं. ४ मा कांग्रेसका उम्मेद्धार बिजयी भएका छन् । जिल्लाको सदरमुकाम रहेको नगरपालिकाको वडामा बहुदल पछि पहिलो पटक कांग्रेस बिजयी भएको हो ।

एमालेबाट नगरप्रमुखका उम्मेद्धवार पदम बोहराको वडामा एमालेका उम्मेद्धारलाई २६ मतान्तरले पराजित गर्दै कांग्रेसका नामसिंह धामी बिजयी भए । उनले ४ सय ९९ मत प्राप्त गरे भने एमालेका उम्मेद्धार केवल सिंह धामीले ४ सय ७५ मत प्राप्त गरे ।

वडा नं. ४ नेपाली कांग्रेस अछामका सहसचिव दिनेश कुमार स्वाँर र नेबिसंघ अछामका सचिव बम स्वाँरको वडा हो । युवानेताद्धय स्वारका कारण कांग्रेसले पहिलो पटक चुनाव जित्न सफल भएको एक नेताले बताए ।

बहुदल पछि पहिलो पटक वडा नं. ४ मा कांग्रेस बिजयी भएको कांग्रेस अछामका सहसचिव दिनेश कुमार स्वाँरले बताए । लामो प्रयास र अथक मेहनतका कारण बिजयी प्राप्त भएको उनले बताए ।

एमालेको लालकिल्लाको रुपमा रहेको उक्त वडामा हामी रातदिन नभनेर खटेर लाग्यौँ नेबिसंघ अछामका सचिव बम स्वारले भने यसपटक हाम्रो अथक प्रयासले कांग्रेसको चारतारे झण्डा फहराउन सफल भएको छौँ ।

आफुहरु रातदिन नभनी सक्रिय भएर लागेका कारण कांग्रेस जित्न सफल भएको नेताद्धयले बताए । आफुहरु संगै अरु नेता कार्यकर्ता समेत सक्रिय भएर लागेका कारण यो सफलता मिलेको उनिहरुको भनाई छ ।

जित पछिको बिजयी र्याली
जित पछिको बिजयी र्याली