मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले अछामबाट प्रदेशमा प्रत्यक्ष उम्मेदवारका लागि २३ जनाको नाम सिफारिस

एमाले अछामबाट प्रदेशमा प्रत्यक्ष उम्मेदवारका लागि २३ जनाको नाम सिफारिस


अछाम : नेकपा एमाले अछामको प्रदेश समन्वय कमिटीका बैठकले प्रदेश अन्तर्गत प्रत्यक्ष तर्फ उम्मेदवार बन्ने उम्मेदवारको नाम सिफारिस गरेको छ ।

जस अन्तर्गत क्षेत्र नम्बर १ को (क) बाट ४ जना, (ख) बाट ४ जना, क्षेत्र नम्बर २ (क) प्रदेशबाट ७ जना र (ख) प्रदेशबाट ८ जना गरि २३ जनाको नाम सिफारिस भएको हो ।

समानुपातिकको सिफारिश जिल्ला कमिटीले गर्ने बताइएको छ।

सिफारिस गरिएका नामावलि यसप्रकार रहेका छन ।

१. निर्बाचन क्षेत्र नम्बर १ ( क) प्रदेशबाट १ प्रकाश शाह २ देब बहादुर कुवर ३ देब बहादुर साउद ४ सीता कुवर (ख) प्रदेश बाट १ कृष्ण प्रसाद जैशी २ केशर बहादुर साउद ३ डिबि साउद ४ पदमा तिमिल्सिना न्यौपाने

२. निर्बाचन क्षेत्र नम्बर २ (क) प्रदेशबाट १ बमबहादुर बिसी २ भिम बिष्ट ३ कमल रावल ४ बल बहादुर कुवर ५ नन्द चलाउने ६ प्रेम खत्री ७ शिद्दादेबी शाही (ख) प्रदेश बाट १ चन्द्र बोहरा २ शिव प्रसाद उपाध्याय ३ भिम रावल कालोटोपी ४ दिपक अधिकारी ५ भिम जनला ६ कृष्ण साउद ७ लिला केसि ८ टोप शाही