मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश सभा सदस्यका लागि अछामबाट डा. सन्तोष उपाध्यायको नाम सिफारिष

प्रदेश सभा सदस्यका लागि अछामबाट डा. सन्तोष उपाध्यायको नाम सिफारिष


अछाम । सरकारले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधी सभाको निर्वाचन घोषणा गरेसंगै चुनावी चहलपहल दिनदिनै बढीरहेको छ । अहिले क्षेत्रिय समितीबाट जिल्ला तथा प्रदेशमा आकाक्षी उम्मेद्धारको नाम पठाउने काम भईरहेको छ ।

अछाम जिल्लाबाट समेत नेपाली कांग्रेस सहितका दलहरुले उम्मेद्धारका आकांक्षीहरुको नाम पठाईरहेका छन् । यसैबिच नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ प्रदेश सभा ख बाट डाक्टर सन्तोष उपाध्याय नाम प्रदेश सभा सदस्यका लागि सिफारिष भएको छ ।

कांग्रेस अछाम प्रदेश सभा ख ले डा. उपाध्याय सहित ९ जनाको नाम क्षेत्रिय समितीलाई पठाएको थियो । सोही नाम क्षेत्रिय समितीले जिल्लालाई र जिल्लाले प्रदेश तथा केन्द्रीय समितीलाई पठाएको जिल्ला सभापती पुष्प बहादुर शाहले बताए ।

केन्द्रले १ महिला सहित ३ जनाको नाम सिफारिष गरेर पठाउन निर्देशन गरेपनि जिल्लामा आकांक्षी उम्मेद्धार बढी भएको र सहमति हुन नसेकपछि हुबहु नाम पठाईएको उनले बताए ।

को हुन् प्रदेशमा सिफारिष डा. सन्तोष उपाध्याय

अछाम जिल्लामा जन्मेर राष्ट्रिय स्तरमा ख्याती कमाएका ३१ बर्षिय चिकित्सक हुन् डा. सन्तोष उपाध्याय । माध्यामिक तह सम्मको शिक्षा कैलालीमा पुरा गरेका डा. उपाध्यायले महाराजगञ्जमा एमबिबिएसको अध्ययन पुरा गरे ।

सन् २०१० मा नेपाल बिद्यार्थी संघको सदस्य हुदैँ नेपाली कांग्रेसको राजनितिक यात्रा सुरु गरेका डा. उपाध्याय महाराज मेडिकल कलेजमा अध्ययनरत हुदा ईकाइ सभापती हुदैँ स्ववियु सभापतीमा समेत प्रतिष्पर्धा गरेका थिए । उनले नेपाली कांग्रेसको सुबेच्छ्क संस्था प्रजातान्त्रबादी चिकित्सक संघको दुई कार्यकाल केन्द्रिय सदस्य भएर समेत काम गरिसकेका छन् ।

पेशाले स्वास्थ्यकर्मी भएपनि आफ्ना बुवाले अछाम जिल्लामा गरेको समाजसेवाबाट प्रेरित भएर राजनिति मार्फत समाजसेवामा होमिने निर्णय गरेका उनले नेपाली कांग्रसको १४ औँ महाधिबेशन अन्र्तगत अछाम जिल्लाको क्षेत्र नं. २ बाट महाधिबेशन प्रतिनिधीमा प्रतिष्पर्धा गरे ।

एमबिबिएसको पढाई सकरे स्वास्थ्य सेवा गर्न अछाम पुगेका डा उपाध्याय डेढ बर्ष जति कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा बसेर त्यस क्षेत्रका जनताको सेवा गरे । कमलबजारमा सेवा गर्दै गर्दा उनको मनमा यस्तो कुरा खेल्दै गयो कि बिरामी मात्रै हेरेर समस्या समाधान नहुने रैछ । उनि भन्छन् मैले प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामी हेर्दा लाग्यो हामी संग यति धेरै समस्या छन् जुन बिरामीको उपचार गरेर मात्रै सम्भव छैन् त्यसका लागि निति निर्माण तहमै बसेर काम गर्नुपर्छ । त्यहि कुरामा निर्णय लिएर उनले समाजका लागि केही गर्नुपर्छ भन्ने उद्देश्य बोकेर सबै नितिको मुल निति राजनितिमा लागेर समस्या समाधान गर्न तर्फ होमिएको उनको धारणा छ ।

२०४८ देखि हालसम्म पटक पटक उहि पुराना अनुहार दोहोरिएका छन् तर परिर्वतन भने उपलब्धी मुलक नभएको भन्दै उनले अब युवाहरु राजनितिमा आएर समाज परिवएतन गर्नु पर्ने र त्यसका लागि आफुमा नेतृत्व गर्ने क्षमता भएका कारण राजनितिमा होमिएको डा. उपाध्यायको भनाई छ ।

यस्ता काम तदरुक्ताका साथ अघि बढाउन युवालाई भुमिका चाहिएको छ उनि भन्छन् युवाहरु अहिले भुमिका बिहिन जस्तै छन् । ५० भन्दा तलको उमेरका उम्मेद्धार कमै मात्रै हुने गरेको गुनासो गर्दै उनले यसपटक सबै पार्टीले युवालाई साथमा लिनुपर्ने उनको माग छ ।

देश बिदेशमा नेपालको प्रतिनिधित्व गरेर आफुले काम गरेको र बिभिन्न ३४ बढी देशको सामाजिक राजनितिक र आर्थिक अवस्था समेत बुझेका कारण राजनितिमा लागेर समाजसेवा गर्ने ध्ययेका साथ आफु अघि बढेको उनले बताए । जनता संगै आफु घुलमिल भएर काम गरेको छु, बर्षौ देखि स्थापित भएका नेताहरुको भन्दा आफुले कुनै पनि काम कम नगर्ने उनको दाबी छ ।

उच्च शिक्षाको अध्ययन सकेर अछाम फर्केका डा. उपाध्यायले जिल्लाका ५ वटा बिद्यालयमा पुष्तकालय स्थापना, २० भन्दा बढी गाँउठाँउमा शिबिर संचालन, जिल्ला अस्पताललाई फोटोथेरापी मेसिन उपलब्ध गराउने काम देखि कोरोनाको बेला अक्सिजन कन्सन्टेटर उपलब्ध गराउने जस्ता उल्लेखनिय काम गरेका छन् ।

सुदुरपश्चिमका पहाडी जिल्लामा फोटोथेरापी मेसिन नहुदाँ उक्त सेवा लिन धनगढी जानुपर्ने बाध्यता थियो । हाल आएर त्यसको अन्त्य भएको जिल्ला अस्पताल अछामले जनाएको छ । डा. उपाध्ययाले उपलब्ध गराएको उक्त मेडिकल उपकरण बच्चामा हुने जण्डिस रोगको उपचार गर्न सहज हुन्छ । हालसम्म जिल्लामा ७० बढी बच्चाले उपचार सेवा लिएका अस्पतालले जनाएको छ ।

शिक्षामा सुधार नल्याएसम्म नागरिकको जीवन सुधार गर्न नसकिने भन्दै डा. उपाध्यायले निकट भबिष्यमै अछामका १० बिद्यालयमा र १ बर्ष भित्रमा जिल्लाका ९३ माबीमा पुष्तकालय स्थापना गर्ने महत्वकांक्षी लक्ष्य बोकेको उनले सुनाए । राजनितिमा स्थापित हुन मलाई केही बर्ष लाग्न सक्छ, उनि भन्छन् तर म अछामलाई पछिडिएको क्षेत्रबाट हटाउन र शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन क्षेत्र काम गर्न लाग्नेछु ।

मलाई काम गर्ने ठाँउ चाहिएको छ डा. उपाध्याय भन्छन् फाईदाका लागि नभई समाजसेवाका लागि राजनिति गर्ने सोचका साथ अघि बढेको हुँ । गएको ५ बर्ष खेर गए जस्तै भएको छ, उल्लेख काम हुन सकेको छैन् । शिक्षा, स्वास्थ्यमा अझै पहँुच पुगेको छैन् । जताततै भ्रष्टचार मात्रै मौलाएको छ त्यसको नियन्त्रण गरेर जनताका जनजिविकाका सवालमा काम गर्ने उनी बताउछन् ।

शिक्षा, स्वास्थ्य, पर्यटन लगायत विकास निर्माणका कामलाई पुर्णता दिने भिजन र योजना आफ्नो रहेको उनले बताए । यातायात र पर्यटनलाई जोडेर सुदुरपश्मि पर्यटक भित्र्याउने ठुला कार्यक्रम आयोजना गरेर प्रदेशलाई एक उत्कृष्ट पर्यटकिय गन्तव्य बनाउने उनको योजना छ ।

समग्र सुदूरपश्चिम प्रदेशलाई केन्द्रसंग जोड्ने, उत्पादनलाई बढवा र बजारिकरण गर्ने, बिभिन्न देशमा जादाँ त्यहाँ सिकेको कुरा व्यावहारमा प्रयोग गर्ने, प्रदेशका क्षमतावान व्यक्तीलाई एकिकृत गर्ने पनि योजना रहेको उनले सुनाए ।

मिस्टर नेपाल सन् २०१९ को अर्वाड जितेका डाक्टर उपाध्याय सन् २०२० को मिस्टर सुपस्टार संगै मिस्टर सुप्राईन्टरनेश्नल २०२१ मा थर्ड रनरअप भएका थिए ।