मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले अछाम २ मा प्रतिनिधि सभा तर्फ सर्वसम्मत तर प्रदेश सभा ख को टिकट वितरण पेचिलो

एमाले अछाम २ मा प्रतिनिधि सभा तर्फ सर्वसम्मत तर प्रदेश सभा ख को टिकट वितरण पेचिलो


आठसय दरा र मंगलसैन बाहिर (तल्लो भैस्वले दराका) नेताहरूका बिच रस्साकस्सी

अछाम । सरकारले मंसिर ४ गतेका लागि प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन घोषणा गरे संगै देशैभर चुनावी चहलपहल सुरु भएको छ । जिल्ला जिल्लामा उम्मेद्धारको छनोट र नाम सिफारिष गर्ने काम पार्टीहरुले गरिरहेका छन् । यसै सन्र्दभमा अछाम जिल्लामा समेत उम्मेद्धार छनोट र सिफारिषका लागि पार्टीका बैठकहरु जारी रहेका छन् ।

नेकपा एमाले अछामले पनि बैठक गरेर प्रतिनिधिसभा तर्फ सर्वसम्मत उम्मेदवार छनौट गरेको छ । अछाम क्षेत्र नं. १ र २ मा सर्बसम्म उम्मेद्धार छनोट गरेको हो । १ मा पूर्व उपप्रधान तथा गृह मन्त्री डा. भिम रावल र २ मा वर्तमान साँसद तथा एमाले केन्द्रिय सदस्य जिल्ला सह ईन्चार्ज यज्ञ बोगटीलाई सर्बसम्मत उम्मेदवार छनौट गरेको छ ।

अछामका दुबै क्षेत्रमा रावल र बोगटी उम्मेदवार बन्ने पक्का भएको छ । आइतबार अपरान्ह देखि सामाजिक संजालमा रावल र बोगटीलाई बधाईको ओइरो लागिरहेको छ । प्रतिनिधि सभामा सर्वसम्मत भए पनि प्रदेशसभा तर्फको टिकटको अन्यौल कायमै छ । एमाले जिल्ला सह–इन्चार्जको जिम्मेवारीमा रहेका वर्तमान सांसद बोगटी एकल उम्मेदवार सिफारिस भए संगै अछाम – २ को एमाले को राजनीतिमा हलचल आएको छ ।

अछाम २ को दुई वटा प्रदेशसभा क्षेत्र मध्य ख प्रदेश सभा क्षेत्रको अवस्था सामान्य छ । तर बोगटी मतदाता रहेको ख प्रदेश सभा क्षेत्रको टिकट वितरण झन पेचिलो बनेको हो । नेता बोगटीको गृह नगर मंगलसैन र मंगलसैन बाहिर त्यसमा पनि आठसय दरा र मंगलसैन बाहिर अर्थात तल्लो भैस्वले दराका नेताहरूका बिच रस्साकस्सी छ ।

जहाँ प्रदेशको टिकटमा पुराना पुस्ताका नेता शिवप्रसाद उपाध्याय देखि नयाँ पुस्ताका टोपबहादुर शाही समेतको दाबी छ ।प्रदेशका सचिवालय सदस्य भिम जनाला, जिल्ला अध्यक्ष चन्द्र बोहरा, जिल्ला सचिव भिम रावल (कालोटोपी ), जिल्ला सचिवालय सदस्य रहेका दिपक अधिकारीको टिकटका लागि बलियो दावी रहेको छ । यस्तै सुचीमा कृष्ण साँउद र लिला केसीको समेत नाम समाबेश छ ।

मंगलसैन नगरपालिका निवासी सांसद बोगटी सर्वसम्मत भए संगै मंगलसैन नगरपालिका भित्रका पुराना नेता उपाध्याय, जिल्ला अध्यक्ष बोहरा, सचिव कालोटोपी, प्रदेश सभा कमिटीका सचिवालय सदस्य जनाला सहितका चार जना वरिष्ठको आकांक्षामा धक्का लाग्ने सम्भावना बढेको छ ।

अछाम – २ नम्बरको ख क्षेत्रमा मा देखिने सम्भावित क्षेत्रीय उभार रोक्न एमालेका लागि ठूलो चुनौती हुने भएको छ । यतिबेला बोगटी सर्वसम्मत भए संगै एमाले भित्र ख प्रदेश सभा क्षेत्रमा मंगलसैन बाहिरका आकांक्षी उत्साहित देखीएका छन । मंगलसैन बाहिरका उम्मेदवार ढकारीका इन्चार्ज टोपबहादुर शाही र कमलबजार निवासी पुराना नेता दिपक अधिकारीको टिकटको सम्भावना बढेको छ । मंगलसैन बाहिर टिकट गयो भने टोपबहादुर शाही र दिपक अधिकारीले पाउने सुनिश्चित जस्तै देखिएको छ ।

२७ वडा रहेको ख क्षेत्रका १३ वटा वडा का एमालेका नेता कार्यक्रताको एकै बोली छ उम्मेदारका आकांक्षी युवा नेता टोप बहादुर शाही भन्छन् अब प्रदेश सभाको उम्मेद्धार मंगलसैन बाहिरबाट हुनुपर्छ । एमालेका त्यस क्षेत्रका नेताका अनुसार उनीहरुको एउटै आवाज छ मंगलसैनमा प्रतिनिधि सभाको उम्मेदवार भएपछि प्रदेशमा हामिले मौका पाउनुपर्छ ।

प्रतिनिधी सभा जस्तै प्रदेश सभामा पनि सर्वसम्मत उममेद्धार चयन हुनुपर्दथ्यो त्यसो हुन सकने नेता शाही भन्छन् अब दुर्गम क्षेत्र र युवालाई नेतृत्वमा स्थापीत गराउने गरी पार्टीले निर्णय गर्नुपर्ने उनको माग छ । पछाडी परेको ठाँउलाई स्थापित गर्न पनि त्यस क्षेत्रकै उम्मेद्धार हुनुपर्ने उनको भनाई छ । नेता शाहीका अनुसार त्यस क्षेत्रका जनताको एउटै माग छ, हामीहरु राजनितिक, सामाजिक र आर्थिक रुपमा पछाडी छौँ तपाईहरु नेतृत्व लिन तयार हुनुहोस् हामी साथ दिन तयार छौँ भनेका छन् ।

यस्तै कमलबजार नगरपालिका वडा नं. ७ निवासी एमाले नेता दिपक अधिकारीको समेत शाहीकै कुरामा जोड छ । भेगिय क्षेत्रिय लगायतका पार्टीमा सन्तुलन मिलाउन सोही तरिकाले उम्मेद्धार हुनुपर्ने नेता अधिकारीको भनाई छ । आज हुने पार्टीको बैठकले सोही कुरा सोचेर अघि बढ्नेमा बिश्वस्त रहेको उनले बताए ।

यता नेकपा एमाले अछामका ईन्चार्ज तथा केन्द्रिय सदस्य झपट बोहरा भने पार्टीमा योग्दान, सक्रियता, भुगोल लगायत पार्टीले तय गरेको मापदण्डका आधारमा न्यायोचित तरिकाले उम्मेद्धार छनोटका लागि सिफारिष गरिने बताए ।

गठबन्धन संग चुनाव लड्नुपर्ने भएकाले यस अवस्थामा भुगोल समेत मिलाउनु पर्ने देखिएको छ केन्द्रिय सदस्य समेत रहेका जिल्ला ईन्चार्ज बोहरा भन्छन् जिल्लाको बैठक र प्रदेशको बैठकमा समेत दलित, पछाडी परेको बर्ग, अवसर नपाएका मान्छे, निरन्तर पार्टीमा लागेका र योग्दान दिएका कुरालाई हेरेर प्रक्रिया अघि बढाईनेछ । तर सबै प्रक्रियाको अन्तिम निर्णायक कमिटी भनेको केन्द्रिय सचिवालय नै भएको हुदाँ जिल्लाले प्रदेश, प्रदेशले केन्द्र र केन्द्रले पनि सचिवालयलाई मापदण्डका आधारमा सिफारिष गरिने बताए ।

आज हुने एमालेको जिल्ला कमिटीको बैठकमा प्रदेश सभाका उम्मेद्धारको कुरा जोडतोडका साथ उठाइने तयारी छ । एमालेमा आठसय दराका पुराना र वरिष्ठको सम्मान र तल्लो भैस्वले क्षेत्रका आकांक्षी नेताहरू बिच सन्तुलन मिलाएर अछाम २ ख को प्रदेश सभाको उम्मेदवारी कसरी टुङ्गोम पुग्छ त्यसमा सबैको चासो छ ।