मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला


देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ बालकोट धारापाटी बस्ने ६३ वर्षीया रत्न कुमारी राई आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित मानव कल्याण सेवा समाजको घरमा भारतीय नागरिक रुपसिंह नाम बताउने करिब ४२ वर्षीय पुरुष आफ्नै विस्तारामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

झापाको भद्रपुर नगरपालिका–७ बस्ने ४३ वर्षीय गोबिन्द श्रेष्ठ आफ्नै घरको कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सल्यानको कालिमाटी गाउँपालिका–५ खेरेलास्थित गोठरी खोलामा हाल पहिचान नखुलेका एक जना पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।