मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनता गठबन्धनको पक्षमा छन्, हाम्रो जितलाई कुनै ताकतले रोक्न सक्दैन

जनता गठबन्धनको पक्षमा छन्, हाम्रो जितलाई कुनै ताकतले रोक्न सक्दैन


विकास र समृद्धी गठबन्धनको लक्ष्य हो, जितमा कुनै संका छैन : पोलिटब्युरो सदस्य भण्डारी

अछाम । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य शरद सिंह भण्डारीले क्षेत्र नं. २ का जनता गठबन्धनको पक्षमा रहेको बताएका छन् । जिल्लाका जनताले विकास र समृद्धी खोजेको र त्यो कार्यभार पुरा गर्न गठबन्धनको लक्ष्य रहेकाले यसपटक जितमा कुनै संका नरहेको बताएका हुन् ।

सुदूरआजसंगको कुराकानीमा बोल्दै नेता भण्डारीले गठबन्धन दलका उम्मेद्धार धेरै मतान्तरले अगाडी रहेको भन्दै जित सुनिश्चित रहेको दाबी गरे । गत स्थानिय तहको निर्वाचनलाई आधार मान्ने हो भने पनि हामी १२ हजार मतले अगाडी छौँ उनले भने जितमा कुनै संका छैन् ।

शान्ति प्रक्रिया, संबिद्यानको निर्माण र रक्षा, देश विकास र संघियताको कार्यान्वयन गठबन्धन दलकै नेतृत्वमा सम्पन्न भएकोले पनि जनताले खुलेर मतदान गर्नेमा उनको बिश्वास छ । देश विकास र समृद्धी दलहरु मिलेर नै सम्भव हुनेभएकाले गठबन्धन पनि त्यहि भावना र मर्म अनुसार बनेको उनको भनाई छ ।

‘यसपटकको चुनाव सामान्य खालको नभई प्रतिगन र अग्रगमनका बिचको लडाई हो : केन्द्रीय सदस्य तिमिल्सैना

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राम प्रसाद तिमिल्सैनाले चुनावको मिति नजिकिदैँ जाँदा जनतामा उत्साह देखिएको बताएका छन् । यसपटकको चुनावको पृष्ठभुमी सामान्य खालको नभई प्रतिगन र अग्रगमनका बिचको लडाई भएकाले क्षेत्र नं. २ का जनता गठबन्धनलाई जिताउन ४ गतेको प्रतिक्षामा रहेको उनको भनाई छ ।

यसपटक गठबन्धनका उम्मेद्धारलाई हार्ने छुट नभएको भन्दै जितलाई कुनै पनि ताकतले रोक्न नसक्ने उनको दाबी छ । यस अघि जितेकाहरु चुनाव पछि जनताका माझमा नजाने परम्परालाई तोड्दै गठबन्धनले सयूक्त समन्वय कमिटी बनाएर चुनाव पछि बेला बेलामा गाँउ जाने रणनिति बनाएकोले पनि गठबन्धनका उम्मेद्धारले बढी मत पाउने तिमिल्सैनाको बिश्वास छ ।

एक अर्को प्रसंगमा बोल्दै नेता तिमिल्सैना संबिधान माथि पटक पटक निर्मम प्रहार भएको कुरा जनताले राम्ररी बुझेका कारण गठबन्धनलाई जनताले जिताएरै छाड्ने दाबी गरे ।

जिल्लाका जनता परिर्वतनको पक्षमा छन् गठबन्धनको जित सुनिश्चत छ : केन्द्रीय सदस्य भण्डारी

नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य शंकर भण्डारीले घरदैलो भेटघाट चुनावी सभामा जाँदा अछाम जिल्लाका जनता परिर्वतनको पक्षमा देखिएकाले यसपटक गठबन्धनको जित सुनिश्चत भएको दाबी गरे । गठबन्धन दलले अछामको विकास गर्ने खाका सहितका योजना र प्रतिबद्धता अघि सारेका छन् त्यसैले पनि जनता गठबन्धनले जित्नुपर्छ भन्नेमा देखिएको उनले बताए ।

अछामका दुबै क्षेत्रको माहोल गठबन्धनका उम्मेद्धारको पक्षमा छन् उनले हामी १२ हजार भन्दा बढी मतान्तरले अघि छौँ जितमा कुनै संका छैन । केपी ओलीले एमाले पार्टीलाई आफ्नो कम्पनी जसरी चलाएको र जनताले ५ बर्षका लागि दिएको जनमतको कदर नगरी पटक पटक संसद बिघटन गरेका कारण पनि जनता एमाले देखि रुष्ट भएको दाबी गरे ।

यसअघिका निर्वाचन समेत गठबन्धनका दलहरु समिलित सरकारले सम्पन्न गरेको र आगामी निर्वाचन समेत गठबन्धको सरकारले नै सम्पन्न गराउन सफल भएको बताए । देश उख्खान टुक्काले नचल्लने भन्दै नेता भण्डारीले देश विकासको खाका पनि गठबन्धन दलहरु संगै रहेका कारण जति सुनिश्चित रहेको दाबी गरे ।