मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्ता गठबन्धनको चुनावी सभा ढकारीमा सम्पन्न, गठबन्धनका उम्मेद्धार भारी मतान्तरले विजयी हुन्छन् : भण्डारी

सत्ता गठबन्धनको चुनावी सभा ढकारीमा सम्पन्न, गठबन्धनका उम्मेद्धार भारी मतान्तरले विजयी हुन्छन् : भण्डारी


अछाम । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य शरद सिंह भण्डारीले क्षेत्र नं. २ का जनता गठबन्धनको पक्षमा रहेको बताएका छन् । जिल्लाका जनताले विकास र समृद्धी खोजेको र त्यो कार्यभार पुरा गर्न गठबन्धनको लक्ष्य रहेकाले यसपटक जितमा कुनै संका नरहेको बताएका हुन् ।

सत्तागठबन्धनको ढकारीमा भएको चुनावी सभामा बोल्दै नेता भण्डारीले गठबन्धन दलका उम्मेद्धार १२ हजार मतान्तरले अगाडी रहेको भन्दै जित सुनिश्चित रहेको दाबी गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राम प्रसाद तिमिल्सैनाले यसपटकको चुनावको पृष्ठभुमी सामान्य खालको नभई प्रतिगन र अग्रगमनका बिचको लडाई भएकाले क्षेत्र नं। २ का जनता गठबन्धनलाई जिताउन ४ गतेको प्रतिक्षामा रहेको उनको भनाई छ ।

यसपटक गठबन्धनका उम्मेद्धारलाई हार्ने छुट नभएको भन्दै उनले आफरहरुको जितलाई कुनै पनि ताकतले रोक्न नसक्ने दाबी गरे । यस अघि जितेकाहरु चुनाव पछि जनताका माझमा नजाने परम्परालाई तोड्दै गठबन्धनले सयूक्त समन्वय कमिटी बनाएर चुनाव पछि बेला बेलामा गाँउ जाने रणनिति बनाएकोले पनि गठबन्धनका उम्मेद्धारले बढी मत पाउने तिमिल्सैनाको बिश्वास छ ।

एक अर्को प्रसंगमा बोल्दै नेता तिमिल्सैना संबिधान माथि पटक पटक निर्मम प्रहार भएको कुरा जनताले राम्ररी बुझेका कारण गठबन्धनलाई जनताले जिताएरै छाड्ने दाबी गरे ।

कार्यक्रममा सत्ता गठबन्धनका साझा उम्मेद्धार पुष्प बहादुर शाहले आफु प्रति उत्साहजनक साथ रहेको बताएका छन् ।ढकारीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै शाहले घरदैलो भेटघाट तथा चुनावी कार्यक्रममा जाँदा आफु प्रति जनताको धेरै बिश्वास र साथ रहेको बताएका हुन् ।

जनताले परिर्वतन खाजेका छन्, युवाहरुले रोजगारी खोजेका छन् शाहले भने त्यो काम यसअघि जितेर गएकाहरुबाट हुन सकेन् अब त्यो कार्यभार पुरा गर्न म प्रतिबद्ध भएर लाग्नेछु । कांग्रेस अछामका सभापती समेत रहेका उम्मेद्धार शाहले क्षेत्र नं. २ मा बिद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, सड्क लगायतका विकासलाई प्राथमिक्तामा राखेर काम गर्ने बिश्वास दिलाए ।

यस्तै प्रदेश ख का उम्मेद्धार मान बहादुर रावलले आफु बिशुद्ध जनताको सेवा र अछामको विकासका लागि राजनितिमा सक्रिय रहेको बताएका छन् । उनले भने यहाँ कोही टुरिष्ट नेताहरु पनि आएका छन् तिनको लक्ष्य भनेको चुनाव जित्नु मात्रै हो विकास होईन् ।

म प्रहरी सेवामा हुदाँ पनि देश र जनताको रक्षाका लागि क्रियाशिल थिए अब अछामी जनता र अछामको विकासमा सर्मपित भएर लाग्नेछु उम्मेद्धार रावलले भने। जनताले परिर्वतन र विकास खोजेका छन् त्यसका लागि आफु प्रतिबद्ध भएर लाग्ने उनको भनाई थियो ।

चुनावी आम सभामा उत्साहजनक जनलहर देखिएको नेबिसंघ अछामका सचिव एवंम चुनाव प्रचार प्रसार समिती संयोजक बम स्वाँरले बताए । कार्यक्रममा एमालेका एकसय बढी कार्यकर्ताहरु सत्ता गठबन्धनका दलहरुमा प्रबेश गरेका प्रेस युनियनका केन्द्रिय सदस्य सुशिल भण्डारीले बताए ।