मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम १ – गठबन्धनबाट नेकपा एसका कुँवर विजयी

अछाम १ – गठबन्धनबाट नेकपा एसका कुँवर विजयी


अछाम । नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् नेकपा एकिकृत समाजवादिका केन्द्रीय सदस्य, सुदुरपश्चिम प्रदेश उपाध्यक्ष शेर बहादुर कुँवर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

अछाम क्षेत्र न १ बाट १९ हजार ५३४ मत सहित कुँवर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार झपट बोहोराले १५ हजार ४५ मत प्राप्त गरेका छन्। त्यसैगरी स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४३९२ मत प्राप्त गरेका छन ।

प्रतिनिधिसभा सदस्यको मतगणना सकिएलगत्तै  प्रदेशसभा सदस्यको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ४१ हजार ३९२ मत गणना हुँदा १९७७ मत बदर भएका थिए ।