मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले खेलकुदमा उचित लगानी गर्न सकेन : प्रदेशसभा सदस्य खड्का

सरकारले खेलकुदमा उचित लगानी गर्न सकेन : प्रदेशसभा सदस्य खड्का


अछाम : सुदूरपश्चिम प्रदेश सभा सदस्य मेघराज खड्काले मानव विकासका लागि खेलकुदको आवश्ययक रहेको बताएका छन् । खेल देशको प्रतिष्ठा, गौरव, शान, मान, पहिचानसँग जोडिएका कारण विकास आवश्यक रहेको बताए ।  

प्रथम नगर प्रमुख ब्याटमिन्टन प्रतियोगिताको समापन कार्यक्रम साँफेबगरमा बोल्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री समेत रहेका खड्काले विकसित मुलक भन्दा नेपाल सरकारले खेलकुद क्षेत्रमा उचित लगानि गर्न नसकेको धारणा व्यक्त गरे । 

नगर खेलकुद विकास समितिका अध्यक्ष अनिल कुँवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ठ अतिथि साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र कुँवरले सम्पूर्ण खेलकुद क्षेत्रको विकासको लागि नगरपालिकाबाट सहयोग हुने प्रतिवद्धता व्यक्त गरे

समापन कार्यक्रममा साँफेबगर नगरपालिकाका उपप्रमुख शिवबहादुर कुँवर शिलोज, निर्वतमान नगर प्रमुख कुलबहादुर कुँवर, जिल्ला समन्वय समितिका सदस्य नरेन्द्र कुँवर, नेपाली कांग्रेसका क्षेत्रीय सभापति कृष्ण वुढा, एकिकृत समाजवादीका जिल्ला कमिटी उपसचिव हिक्मत कुँवर, युवा नेता राजन कुँवर, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद शर्मा लगायतले बोलेका थिए ।

नगर खेलकुद विकास समितिका सदस्य कृष्ण कुँवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन पत्रकार तपेन्द्र कुँवरले गरेका थिए ।