मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेविसंघ अछामको कार्यवाहक अध्यक्षमा उमेश कुवँर

नेविसंघ अछामको कार्यवाहक अध्यक्षमा उमेश कुवँर


अछाम । नेपाल विद्यार्थी संघ अछामकाे कार्यवाहक अध्यक्षकाे जिम्मेवारी नेविसंघ अछामका नेता उमेश कुवँर लाई दिइएको छ।

नेविसंघ अछामका अध्यक्ष नृप साउद द्धारा हस्ताक्षरित पत्रमा कुँवरलाई कार्यवाहक अध्यक्ष दिइएको हाे।

विद्यार्थीकाे हकहितका लागि सधै बुलन्द अावाज उठाइरहने कुँवर धेरै समय नेविसंघ सिटिइभिटीकाे राजनीतिमा क्रियाशिल हुदै लामाे समय देखि नेविसंघ अछाममा काम गरिरहेका छन।

अस्पतालमा रगतकाे अभाव भएका विरामीलाई रगतकाे व्यावस्था गर्ने देखि जिल्लाका विभिन्न सामाजिक काममा सक्रिय कुवँर युवाहरुमा लाेकप्रिय छन।

नेपाल विद्यार्थी संघकाे लामाे समयदेखि केन्द्रीय महाधिवेशन हुन सकिरहेकाे छैन। त्यसकाे असर देशभरिका जिल्ला जस्तै अछाम जिल्लामा पनि अधिवेशन नभएकाे लामाे समय भैसकेकाे छ।

स्ववियु चुनावकाे चर्चा चलिरहेका बेला उमेश कुवँरले नेविसंघ अछामकाे कार्यवाहक अध्यक्षकाे जिम्मेवारी प्राप्त गरेका छन।