अर्थ

नेपाल लाईफ ईन्स्योरेन्स मंगलसैनद्धारा जीवन बिमाको मृत्यु दाबी भुक्तानी

अछाम । नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी उपशाखा मंगलसैनले जीवन बिमा बाफतको मृत्यु दाबी भुक्तानी गरेको छ ।

अछामको मंगलसेन नगरपालिका वडा नं. ७ निवासी झंकर प्रसाद जैशीले गरेको बिमा बाफतको रकम जैशीका आफन्तलाई भुक्तानी गरिएको हो ।

जैशीको मृत्यु भएपछि उनकी श्रीमती कल्धरी जैशीले मृत्यु दाबी गरेपछि भुक्तानी गरिएको उपशाखा प्रमुख पदम थ्यायतले बताए ।

जैशीले ७ लाख बराबरको जीवन बिमा गरेका थिए । सो बाफतको ८ लाख ८९ हजार ३ सय ५० रुपयाँ बिमांक र बोनस सहित भुक्तानी गरिएको शाखा प्रमुख थ्यायतले बताए ।

प्रमुख थ्यायतका अनुसार जैशीले ३ किस्ता मात्र भुक्तानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२० मिनेटको व्यायामले गराउँछ यी रोगबाट मुक्ति
बयालापाटा अस्पताललाई दिर्घकालिन रुपमा सञ्चालन गर्न सबै क्षेत्रबाट सहयोगको खाँचो छ : डा. भिम रावल
राईझुमाको यादमा तिमिल्सैना
पञ्चदेवल नगरपालिकाले तामझामका साथ बार्षिकोत्सव मनाउने