मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ८ सय ६२ जनाले सेवा लिए

मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ८ सय ६२ जनाले सेवा लिए


अछाम – जिल्लाको सदरमुकाममा रहेको जिल्ला अस्पतालमा भएको मुटुरोग सम्बन्धी २ दिने निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविरमा ८ सय ६२ जनाले सेवा पाएका छन् । शिबिरको पहिलो दिन ५ सय ५ जनाले सेवा लिएका थिए भने दोस्रो दिन ३ सय ५७ जनाले सेवा लिएका छन ।

स्वास्थ्य परिक्षण गराएका मध्ये १५ जनामा मुटु सम्बन्धि गम्भिर समस्या देखिएको छ । गम्भिर समस्या भएका विरामीहरुलाई थप उपचारका लागि काठमाण्डौ प्रेषण गरिएको र उनिहरुको निशुल्क उपचार गरिने जनाइएको छ ।

सिविरमा सबै सेवाग्रहीलाई निशुल्क औषधी समेत वितरण गरीएको थियो । शिविर २ दिन पुरै सञ्चालन हुने भनेपनि दोस्रो दिन केही समयमात्रै सिविर सञ्चालन भएको स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जन स्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।

बिशेषज्ञ चिकित्सकद्वारा मुटुको परिक्षण, उपचार, परामर्श, ईसिजि, ईसिओ तथा रक्त परिक्षण गरीएको थियो । यस क्षेत्रमा मुटुरोगको समस्या रहेका नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै आयोजना गरिएको शिविरमा स्थानीयको उल्लेख्य सहभागिता नभएको स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जन स्वास्थ्य अधिकृत ढुंगानाले बताए ।

सहिद गंगालाल राष्टीय हृदय केन्द्र काठमाण्डौं र स्वास्थ्य कार्यालय अछामको आयोजना तथा जिल्ला अस्पताल अछामको सहयोगमा शिविर यहि बैसाख ३० र ३१ गते संचालन भएको थियो ।