मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीद्वारा मृत्यृ दावी रकम हस्तान्तण

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीद्वारा मृत्यृ दावी रकम हस्तान्तण


अछाम : नेपालकै पहिलो तथा अग्रणी जीवन बीमा कम्पनी नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीले मृत्यृ दावी रकम हस्तान्तण गरेको छ । कम्पनीले कमलबजार नगरपालिका अन्तरगत कम्पुटर सहायक पदमा कार्यरत वडा न. ८ ढाकु बस्ने बीमित स्वर्गिय जगत बहादुर चलाउनेकी श्रीमती जमुना कुमारी थापा ( चलाउनेलाई ३ लाख ६१ हजार ६८० रुपैयाको मृत्यृ दावी रकम (चेक) भुक्तानी गरेको हो ।

स्वर्गिय चलाउनेलाई नेशनल लाईफ ईन्स्योरेन्समा अभिकर्ता श्री रेशम कुमारी शाहीले जीवन अमृत बीमा गराएकी थिइन् । उक्त रकमको चेक स्व. चलाउनेकै घरमा गएर कम्पनीका शाखा प्रमुख दिपक बहादुर खडका, कर्मचारी कृष्ण बहादुर ठकुल्ला, पुजा बयक, सृजना नेपाली अभिकर्ता जीवन बहादुर बुढाले हस्तान्तण गरे ।

स्व. चलाउनेले यस कम्पनीमा ३ लाखको बिमा गरि २ किस्ता मात्र तिरेका थिए । स्वर्गीय चलाउनेको यहि २०७९ असोज ३० गते मृत्यु भएको थियो । स्व. चलाउनेका परिवारलाई कम्पनीको नियम अनुसार पाउने सुबिधा अन्तरगत बिमान्क रकम तथा बोनस अन्तरगत ३ लाख ६१ हजार ६८० रुपैया हस्तान्तरण गरिएको शाखा कार्यलय प्रमुख दिपक बहादुर खड्काले बताए ।

किसान लघुबित्त शाखा कार्यालय कमलबजारमा कार्यरत स्व. चलाउनेकी धर्मपत्नी जमुना थापाले बिमा गर्नपर्ने कुरा भएको र समयमै आफुले बिमा गरेको हुदा आज नाबालक छोराछोरीलाई केही मात्रामा भए पनि राहत भएको बताईन ।

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी नेपालको पहिलो कम्पनी हुनूका साथै नेपालको सर्बाधिक ६४ देखि ८५ रुपैया सम्म बोनस दिने कम्पनी र नेपाल सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रीय बाणीज्य बैंक प्रबर्द्धक रहेको एबम ५० लाख सम्मको दुघर्टना बिमा तथा ५० लाख सम्मको विभिन्न घातक रोग सम्बन्धी उपचार खर्च सुविधा दिने कम्पनी रहेको विषयमा समेत जानकारी गराएको थियो।