मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै

अछाममा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै


अछाममा डेंगु र स्क्रब टाइफसका बिरामीहरु बढ्दै गएका छन् । बर्खायामसँगै जिल्लामा डेंगु र स्क्रब टाइफसका बिरामीहरु बढ्न थालेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ।

स्वास्थ्य कार्यालय अछामका अनुसार साउन महिना देखि भाद्र २ गते सम्म ३८ जनामा डेंगु र २४ जनामा स्क्रब टाइफस संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका ल्याव अधिकृत मिन बहादुर कुँवरले जानकारी दिनु भयो ।

जिल्लामा सबै भन्दा बढी मंगलसैन नगरपालिकामा १९ जनामा डेंगु देखिएको छ भने ६ जनामा स्क्रब टाइफस देखिएको छ । साँफेबगर नगरपालिकामा ८ जनामा डेंगु ८ जनामा स्क्रब टाइफस देखिएको छ ।

यस्तै मेल्लेख गाउपालिककमा ३ जनामा डेंगु देखिएको छ भने ३ स्क्रब टाइफस देखिएको छ। यस्तै बान्निगढी जयगढ गाउपालिकामा ३ जनामा डेंगु २ जनामा स्क्रब टाइफस, रामारोशन गाउपालिकामा १ जनामा डेंगु संक्रमण देखिएको स्वाथ्य कार्यालय अछामको तथ्याङ्कले देखाएको छ ।

अन्य जिल्ला बाट आएका ४ जनामा डेंगु र ५ जनामा स्क्रब टाइफसका पुष्टि भएको तथ्याङ्कले देखाएको छ ।अघिल्लो वर्ष भन्दा यो वर्ष डेंगु र स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा बढिरहेको ल्याव अधिकृत कुँवरले बताउनु भयो ।

संक्रमण भएमा ज्वरो आउने,आँखाको गेडी दुख्ने,शरीरमा डाबर आउने,बेस्सरी टाउको दुख्ने,खानामा रुचि नहुने,पेट तथा आन्द्रामा गडबडी हुने ,जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने जस्ता लक्षण देखिन्छन् ।

यस्ता लक्षण देखिना साथ समयमा नै अस्पताल गएर उपचार गर्न चिकित्सकको सुझाव छ । डेंगुबाट बच्नका लागि लामखुट्टैको टोकाइबाट बच्नुपर्ने , सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न स्वास्थ्य कार्यालय अछामका ल्याव अधिकृत कुँवरले सुझाव दिनु भयो ।

यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपंक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरी गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन पनि उँहाले आग्रह गर्नु भएको छ ।