मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगपालिकाको स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा तथा योजना तर्जुमा गाोष्ठि सम्पन्न

साँफेबगर नगपालिकाको स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा तथा योजना तर्जुमा गाोष्ठि सम्पन्न


अछाम : साँफेबगर नगपालिकाको आर्थिक वर्ष २०७९÷०८० स्वस्थ्य कार्यक्रमहरुकाको बार्षिक समिक्षा तथा योजना तर्जुमा सम्बन्धि २ दिने गाोष्ठि साँफेबगरमा सम्पन्न भएको छ । स्वास्थ्य शाखा प्रमुख पुष्प बहादुर बुढाको अध्यक्षतामा भएको गाोष्ठिमा प्रमुख अतिथि सँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहेका थिए ।

गाोष्ठिमा बोल्दै नगर प्रमुख कुँवरले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सबैले हातेमाले गरेर अघि बढ्नु पर्ने बताए । साँफेबगर नगरपालिकाका केहि वडा भौगोलिक हिसाबले धेरै टाढा र बिकट भएकाले ती वडामा स्वास्थ्य सेवा प्रर्दान गर्ने निकै चुनौती रहेको बताए ।

नगरका सबै वडामा यातायातको सुबिधा नभएको , केहि स्वास्थ्य संस्था एैलानि जग्गामा रहेका र त्यस्ता स्वास्थ्य संस्थामा लालपुर्जा दिन नगरले पहल गर्ने उनको भनाई छ । साँफेबगर नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थामा देखिएका समाधानका लागि नगरले पहल गर्ने प्रतिबद्धता जनाए ।

साथै नगर प्रमुख कुँवरले बयालापाटा अस्पतालले अछाम सहित सुदूरपश्चिम तथा कर्णाली प्रदेशका जनतालाई निशुल्क गुणस्तरिय सेवा प्रदान गरिरहेको र त्यसको दिर्घकालिन व्यावस्थापनका लागि नगरपालिकाकाले अबिभावकको भुमिका निर्बाह गर्ने बताए ।

मानब जिवनको सबै भन्दा महत्वपुर्ण कुरा स्वस्थय भएकाले त्यसमा लगानी लगाउनु पर्नेमा सहभागिले जोड दिएका थिए । गोष्टिमा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई सम्मान पनि गरेको छ ।

मष्टामाडौँ स्वास्थ्य चौकी प्रथम ,नवाठाना स्वास्थ्य चौकी द्वितिय ,र बुढाकोट स्वास्थ्य चौकी तृतीय भएका छन । गोष्ठिमा स्वास्थ्य संस्थाले बार्षिक रुपमा काम , सेवा प्रवाह गर्दा भैरहेका समस्या,चुनौती र समाधाका बिषयमा पनि छलफल गरीएको थियो ।

गोष्ठिमा साँफेबगर नगर उप प्रमुख शिव बहादुर कुँवर सिलोज, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक राज ढुगाना, बयालपाटा अस्पतालका मेडिकल निर्देशक मन्दिप पाठक, सम्पुर्ण वडाका वडा अध्यक्ष, बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, सम्पुर्ण वडाका स्वास्थ्य चौकी प्रमुखहरुको उपस्थिति रहेको थियो ।