मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्लाका विकट क्षेत्रमा माननिय शाहको उपस्थिती

जिल्लाका विकट क्षेत्रमा माननिय शाहको उपस्थिती

प्रतिनिधी सभा सदस्य माननिय पुष्पबहादुर शाह गाँउ केन्द्रित


अछाम : अछाम क्षेत्र नं. २ बाट प्रतिनिधी सभा सदस्यबाट निर्वाचित माननिय पुष्प बहादुर शाह पुन: गाँउ केन्द्रित भएका छन् । संघिय संसद चलेका बेला र संसदिय व्यावस्था समितिका बैठकमा उपस्थित हुनुपर्ने बाहेकको समय सांसद शाहले जिल्लालाई दिने गरेका छन् ।

प्रतिनिधी सभा निर्वाचित भएपछि उनले अछाम जिल्लाका विकट र दुर्गम क्षेत्रमा गएर जनताका गुनासा सुन्ने, त्यस ठाँउको विकासको अवस्थाका बारेमा बुझ्ने र जुन क्षेत्रमा समस्या छ त्यसकोे समाधानको लागि पहल गर्ने गरिरहेका छन् ।

चिसापानी, जंगलघाट मंगलसैन सडक अन्र्तगत कर्णालीमा बन्ने पुलका बिषयमा निरन्तर पहल गर्न यस क्षेत्रमा आफु पछिल्लो समय केन्द्रित भएको माननिय शाहको भनाई छ । खासगरी अछामको विकास संग जोडिएको यस सड्कमा बन्ने पुलका लागि निरन्तर केन्द्र र प्रदेशमा पहल गरिरहेको उनले बताए ।

केही दिन पििहले मात्रै सो सड्क क्षेत्र अन्र्तगतको कैलालीमा पर्ने बन क्षेत्रमा रुख कटानी गरि बाटो खुलाउनका लागि समेत सरकारले अनुमती प्रदान गरेको भन्दै शाहले आफु पनि निरन्तर रुपमा स्थानिय सरकारका साथै सुर्खेत र डोटी जिल्लाका सांसद संग समेत प्रत्यक्ष सम्बादमा रहेको बताए ।

माननिय शाहले आफु अछामको तुर्माखाँद र ढकारी क्षेत्रका विटक ठाँउका जनतासंग प्रत्यक्षा रुपमा संबाद गरेर त्यस ठाँउको विकासका लागि आफु केन्द्रित भईरहेको बताएका छन् । ढकारी र तुर्माखाँद पछि अब आफु पञ्चदेवल बिनायक, कमलबजार र मंगलसेन क्षेत्रका विकट ठाँउमा गएर त्यस क्षेत्रका जनता र समुदायमा के कस्तो समस्या छ र त्यसको समाधानका लागि कसरीपपहल गर्न सकिन्छ भनेर त्यहाँ केन्द्रित हुने उनले बताए ।

नेपाली िकांग्रेस अछामका सभापती समेत रहेका माननिय पुष्प बहादुर शाहले आईतबार मात्रै तुर्माखाँद गाँउपालिका वडा नं. ३ भैरवस्थानमा रहेको बसुन्धरा माबीको ४८ औँ अभिभावक भेला तथा बार्षिकोत्सव समाहरोहको उद्घाटन गरे ।

प्रमुख अथिति रहेका माननिय शाहले शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद र सड्क निर्माणका लागि आफुले प्रदेश तथा संघिय सरकारमा पहल गरिरहेको बताए । खासगरी दुर्गमम क्षेत्रमा हरेक क्षेत्रमा समस्या छ शाहले भने आफु पनि त्यसैगरी काम गरिरहेको बताए ।