मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शारीरिक स्वास्थ्य प्रारम्भिक जाँच सम्बन्धि अभिमुखिकरण कमलबजारमा सम्पन्न

शारीरिक स्वास्थ्य प्रारम्भिक जाँच सम्बन्धि अभिमुखिकरण कमलबजारमा सम्पन्न


स्थानीय स्वास्थ्य संस्थाका कर्मचारीहरुका लागि शारीरिक स्वास्थ्य प्रारम्भिक जाँच सम्बन्धि अभिमुखिकरण कार्यक्रम कमलबजार नगरपालिकामा सम्पन्न भएको छ ।

स्वास्थ्य शाखाको आयोजना तथा वल्र्ड भिजन आस्था नेपालको आर्थिक र प्राबिधिक सहयोगमा स्थानीय स्वास्थ्य संस्थाका कर्मचारीहरुका लागि शारीरिक स्वास्थ्य प्रारम्भिक जाँच सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम नगरपालिकामा आज सम्पन्न भएको हो ।

कार्यक्रमको उद्श्य माथि प्रकाश कार्यक्रम सयोजक गणेश प्रसाद बोहराले गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य संयोजक चक्र बहादुर बिष्टले गर्नु भएको थियो ।


विद्यालयामा सञचालन गरिने प्रारम्भिक स्वास्थ्य जाँचको तथ्यांकलाई प्रभावकारी बनाउन मोबायल एपसको प्रयोग गरि ब्याब्स्थापन कसरि गर्न सकिन्छ र वाडा स्तरमा प्रारम्भिक स्वास्थय जाँच सम्बधि अभिमुखिकरण कार्यक्रम आगामी फागुन ३ गते बजुडा र कुइका बयाला र चाल्सा मा गर्ने कार्ययोजना रहेको छ ।

उक्त कार्यक्रम बोल्दै नगर प्रमुखले समग्र बाल बालिकाको सामान्य स्वास्थ्य परिक्षण एक दमै महत्वपूर्ण भएको हुदा आस्था नेपाले शुरुवात गरेको यो कार्यलाइ प्रोत्साहन गर्दै अहिले आस्था नेपालले सञ्चालन गरेको वडको अनुगम तथा परिक्षण गरि समीक्षा गरेर आगामी बर्षमा बाकी रहेका वाडमा पालिकाले आफ्नो नीति तथा कार्यक्रममा राखी यो कार्यक्रम सबै वडामा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रमको आथित्यता नगर उप प्रमुख शारदा कुमारी बिष्टको रहेको थियो । प्रमुख प्रशाशकिय अधिकृत खड्क बिस्ट स्वस्थ्य संयोजक चक्र बहादुर बिष्ट, शिक्षा सयोजक ऋषिकेश ढकाल, कमलबजार नगरपालिका वाड न २,३,४ र ५ न वडाका स्वाथ्य इन्चाजहरु, आस्था नेपाल जिल्ला कार्यसमिति कोषाध्यक्ष लक्ष्मण बिष्ट, कार्यक्रम सयोजक गणेश प्रसाद बोहरा, कार्यक्रम अधिकृत तपेन्द्र ठकुल्ला, अनुगमन अधिकृत हर्क खडका, फिल्ड अधिकृत दिल बहादुर शाही फिल्ड कर्मचारी पत्रकार लागायतको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख चक्र बिष्टले गर्नुभएको होे भने कार्यक्रमको सञ्चालन आस्था नेपालका कर्मचारी नम बहादुर बिष्टले गर्नु भएको थियो । सोकि कार्यक्रम पञचदेवल विनायक नगरपालिकामा आजै सम्पन्न गरिएको छ ।