मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल किसान महासंघ अछामको कार्यसमिति घोषणा एवं नयाँ वर्षको शुभकामना आदानप्रदान सम्पन्न

नेपाल किसान महासंघ अछामको कार्यसमिति घोषणा एवं नयाँ वर्षको शुभकामना आदानप्रदान सम्पन्न

नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान समेत सम्पन्न


अछाम : नेपाल किसान महासंघ अछाम जिल्ला कार्यसमिति घोषणा गरिएको छ । बिपि स्मृति भवन मंगलसेनमा जिल्ला कार्य समिति घोषणा गरिएको हो | सो अवसरमा नववर्ष २०८१ सालको अवसरमा  शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको थियो |

नेपाल किसान महासंघ अछामका अध्यक्ष नवराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका सभापति एवं प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह रहेका थिए । सभापति एवंम संघिय सांसद शाहले किसान महासंघ समेत पार्टीको एक हिस्सा भएकाले यसले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला कार्यसमितीमा मनोनीत भएको पदाधिकारी र सदस्य हरु लाई खादा सहित मनोनयन पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथि पुर्व राष्ट्रिय सभा सदस्य अक्कल बिष्ट रहेका थिए । कार्यक्रममा महासमिति सदस्य बलबहादुर कुवर, पदमराज अधिकारी ,पार्टी उपसभापति नयाँ बजगाइ, सहसचिव दिनेश कुमार स्वार,क्षेत्रीय सभापति पुष्पराज शर्मा ,जिल्ला समन्वय समिती प्रमुख ललित बहादुर कुवर,पार्टी प्रबक्ता पदमबहादुर शाहको सहभागिता रहेको थियो >

यस्तै पुर्व महासमिति सदस्य देवराज देवकोटा, नेपाल किसान् महासंघ केन्द्रीय सदस्य टंक धामी,नेपाल प्रेस युनियन केन्द्रीय सदस्य सुशील भण्डारी, नेपाली काङ्ग्रेस जिल्ला सदस्य मिना ढुंगाना ,नेपाल किसान महासंघ अछामका पुर्व सचिव कृष्ण प्रसाद देवकोटा नेपाली काङ्ग्रेसका नेता बसन्त भाट,बलराम बिष्ट लगायत उपस्थित रहेकोे थियो ।

कार्यक्रममा उपस्थित सम्पुर्णले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए । उपाध्यक्ष डबल बहादुर बोहराको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन सचिव दलबहादुर बोगटीले गर्नुभएको थियो । साथै आज नै बसेको महासंघको बैठकले नेपाली काङ्ग्रेस अछामलाई धन्यवाद व्यक्त गर्ने निर्णय गरेको छ ।