मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामारोशनको शैक्षिक सुधारमा लागि परेका प्रमुख प्रशासकीय अधिकृत भण्डारी

रामारोशनको शैक्षिक सुधारमा लागि परेका प्रमुख प्रशासकीय अधिकृत भण्डारी


अछाम : रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकतृ भण्डारीका अनुसार रामारोशन शैक्षिक सुधार अभियान शिक्षाको गुणस्तर सुधार्ने दिर्घकालिन अभिायन हो, बिद्यालय रहुञ्जेल यो चलिरहन्छ ।

रामारोशन गाँउपालिका सामुदायिक शिक्षाको गुणस्तरका हिसाबले देशकै नमुना नबन्दा सम्म अभियान चलिरहन्छ, हामी यसमा थाक्दैनौ र कत्ति पनि बिचलित हुदैनौँ अधिकृत भण्डारीले भने । आफ्ना बालबालिकाको भबिष्य बनाउने कुरामा कसैको नाई नास्ती हुदैन, यसमा सबैको साथ रहने अपेक्षा अधिकतृ भण्डारीले गरेका छन् । यो अभिायन सुरु भएपछि बिद्यालयमा मन छुने गरी सबैले बुझाउन सक्नुपर्छ ।

सामुदायिक बिद्यालय प्रति रामारोशनमा मात्रै होईन देशैभर भरोससा छैन, त्यसलाई चिर्न यो अभियान कोषेढुंगा सावित हुने सरोकारवालाको बुझाई रहेको रामारोशन स्थानिय तथा राजनितिक दलका नेता पूर्ण बहादुर बिकले बताए ।

अभियान सुरु भएपछि म पनि गएको छु, ‘नेता बिकले भने जुन जुन बिद्यालय र वडामा हामी गयौँ त्यसपछि बिद्यार्थीको उपस्थिती र नियमित दर बढेको छ, अभिायनको निरन्तरताका लागि सबै साथ, सहयोग र प्रतिबद्धता रहेको छ उनले भने ।’

रामारोशन गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर भण्डारी पालिकाबासी हुन् । प्रमुख प्रशासकीय अधिकृत भएपश्चात उनी ९ महिना पालिका बाहिर बसेपनि बाँकी समेत आफ्नै पालिकामा छन् । रामारोशन फर्किसकेपछि अधिकृत भण्डारीले यस अभियानमा आफै निरन्तर खटिएका छन् भने संगै पालिका अध्यक्ष मान बहादुर साँउद सहित अन्य जन प्रतिनिधीलाई समेत जिम्मेवार बनाउन भूमिका खेलेका छन् ।

भण्डारीले आफै बिद्यालयमा गएर शैक्षणिक बिधि समेत प्रर्दशन गरिरहेका छन् । उनको शैक्षिणिक कला बिद्यार्थीले समेत मन पराएका छन् । रामारोशन शैक्षिक रुपान्तरण अभियान थालिनीका प्रमुख व्यक्ती अधिकृत भण्डारी दाबी गर्छन की सम्भवत् नेपालकै दोश्रो ठाँउमा यो अभियानको थालनि भएको छ ।

यस्तै खालको अभियान कालिकोट जिल्लाको पँचाल झरना गाँउपालिकामा आफुले नै सुरुवात गरेको पँचाल झरना शैक्षिक सुरधार अभियान २०८० कार्यबिधी पारित गरेर निरन्तर चलिरहेको र दोश्रो पटक रामारोशनमा सुरु भएको अधिकृत भण्डारीको दाबी छ ।

स्थानियबासी भएकाले पनि राम्रो काम गरेर जाऔँ भन्ने छ अधिकृत भण्डारी भन्छन्, अभियानलाई संस्कारको रुपमा अगाडी बढाउने सोच छ । आफु अभियानकर्ता भएपनि यसको निरन्तरताको पक्षलाई बलियो पार्न शिक्षा शाखाका प्रमुख व्यक्तीलाई सम्पर्क व्यक्ती बनाईएको छ अधिकृत भण्डारी भन्छन् यसले निरन्तरता पाउनेमा ढुक्क छु ।

शिक्षा शाखा प्रमुख सहित कर्मचारीहरुको क्षमताको विकासमा समेत आफुले सहयोग गरिरहेको उनको भनाई छ । ७/८ बर्ष पछि यसले नतिजा दिन सक्ने गरि अभियानको थालनि गरेका छौँ अधिकृत भण्डारीले भने पछि यो चुनावी ऐजेण्डा समेत बन्न सक्नेछ । शिक्षा शाखा प्रमुखलाई जिम्मेवार बनाई नेतृत्व गर्न एक सरकारबाट अर्को सरकारलाई हस्तान्तरण गर्न सक्ने क्षमता विकास गरेर अघ बढ्ने योजना रहेको उनले सुनाए ।