मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम क्षेत्र न. २ बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार डा. सन्तोष उपाध्याय को हुन्?

अछाम क्षेत्र न. २ बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार डा. सन्तोष उपाध्याय को हुन्?


अछाम । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा अछाम क्षेत्र न. २ बाट उम्मेदवारी अघि सार्नुभएका डा. सन्तोष उपाध्याय चिकित्सा पेशासँगै सामाजिक सेवा, युवा नेतृत्व, सञ्चार, खेलकुद व्यवस्थापन तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सक्रिय युवा व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ।

अछामसँग स्थायी पारिवारिक सम्बन्ध रहेका उपाध्यायले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत चिकित्सा शिक्षा अध्ययन गर्नुभएको छ। उहाँले Harvard Medical School बाट Leadership in Medicine सम्बन्धी अध्ययनसमेत गर्नुभएको छ।

विद्यार्थी राजनीतिबाट कांग्रेसको यात्रासम्म

उपाध्यायको राजनीतिक यात्रा विद्यार्थी जीवनबाट सुरु भएको हो। महाराजगञ्ज मेडिकल क्याम्पसमा अध्ययन गर्ने क्रममा उहाँ नेपाल विद्यार्थी संघ (नेविसंघ) सँग जोडिनुभएको थियो। नेविसंघको IOM इकाइमा उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारीसमेत सम्हालेको उहाँको अनुभव छ।

विद्यार्थी राजनीतिसँगै संगठन निर्माण, सार्वजनिक संवाद र युवा नेतृत्वका गतिविधिमा सक्रिय रहँदै आएका उपाध्याय यसपटक अछामबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका उम्मेदवारका रूपमा अघि बढ्नुभएको हो। अघिल्लो महाधिवेशनमा पनि उहाँ अछामबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्नुभएको थियो।

स्वास्थ्य र सामाजिक सेवामा सक्रिय

चिकित्सकका रूपमा आफ्नो पेशागत पहिचानसँगै उपाध्याय सामाजिक सेवामा पनि सक्रिय हुनुहुन्छ। उहाँले सन् २०१४ मा स्थापना गरेको Beam of Hope मार्फत स्वास्थ्य, शिक्षा, वातावरण तथा मानवीय सेवासँग सम्बन्धित विभिन्न अभियान सञ्चालन गर्दै आएका छन।

२०७२ सालको भूकम्पपछिका राहत तथा स्वयंसेवी अभियानमा समेत उहाँ सहभागी हुनुभएको थियो। स्वास्थ्य शिविर, सामुदायिक स्वास्थ्य, विद्यालय तथा वातावरणसम्बन्धी कार्यक्रममार्फत ग्रामीण समुदायसँग जोडिँदै आएको उहाँको सार्वजनिक परिचय देखिन्छ।

सञ्चारदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म

चिकित्सा र सामाजिक सेवासँगै उपाध्याय सञ्चार तथा सार्वजनिक जीवनमा पनि सक्रिय रहनुभएको छ। उहाँ टेलिभिजन प्रस्तोताका रूपमा समेत काम गर्नुभएको र विभिन्न सार्वजनिक कार्यक्रम तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरेका छन् ।

सन् २०२१ मा पोल्याण्डमा आयोजित Mister Supranational प्रतियोगितामा नेपाल प्रतिनिधित्व गर्दै उहाँ Third Runner-Up बन्नुभएको थियो।

खेलकुद व्यवस्थापनमा पनि जिम्मेवारी

पछिल्लो समय उपाध्याय नेपालको व्यावसायिक भलिबल क्षेत्रसँग पनि जोडिनुभएको छ। Nepal Volleyball League (NVL) का Chief Executive Officer (CEO) का रूपमा उहाँले लीगको सञ्चालन, फ्रेन्चाइज साझेदारी तथा व्यावसायिक व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए ।

अछामसँग जोडिएको राजनीतिक उद्देश्य

चिकित्सा, सामाजिक सेवा, युवा नेतृत्व र विभिन्न क्षेत्रमा प्राप्त अनुभवलाई अब अछामको राजनीतिक प्रतिनिधित्वसँग जोड्ने उद्देश्यका साथ उपाध्याय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी रहेको उनले बताए।

स्वास्थ्य, शिक्षा, रोजगारी, युवा सहभागिता तथा सामाजिक विकासका मुद्दालाई प्राथमिकतामा राख्दै अछामको आवाज पार्टीको केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने उहाँको राजनीतिक यात्राको मुख्य उद्देश्यका रूपमा आफुलाइ प्रस्तुत गरिरहेका छन्।

विभिन्न क्षेत्रको अनुभवसहित कांग्रेसको संगठनात्मक राजनीतिमा सक्रिय रहँदै आएका उपाध्यायका लागि यो उम्मेदवारी चिकित्सा र सामाजिक सेवाबाट राजनीतिक प्रतिनिधित्वतर्फको अर्को चरणका रूपमा देखिएको छ।