नेपाल कांग्रेस अछाम क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) को सभापतिमा युवा नेता कमल भण्डारी निर्वाचित हुनुभएको छ। भण्डारीले ३ सय ९९ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धी पूर्णबहादुर रावलले २ सय ५ मत प्राप्त गर्नुभएको थियो।
नेपाली कांग्रेसका युवा नेताका रूपमा आफ्नो पहिचान बनाउनुभएका भण्डारीले पार्टीलाई यस प्रदेश क्षेत्रमा थप सुदृढ, संगठित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले पार्टीको संगठन विस्तारसँगै आगामी दिनमा सांगठनिक गतिविधिलाई थप प्रभावकारी बनाउने बताउनुभएको हो।
निर्वाचित भएपछि भण्डारीले आफूलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै पार्टी संगठनलाई थप मजबुत बनाउन सक्रिय भएर लाग्ने प्रतिबद्धता समेत जनाउनुभएको छ।














प्रतिक्रिया