खप्तडको काखमा अवस्थित नैनी । नैनी धार्मिक तथा पर्यटकीय हिसाले प्रचुर सम्भाaवना बोकेको क्षेत्र हो । अछामको साँफेबगर नगरपालिका वडा नं. १२ खप्तडमा पर्ने नैनीमा आन्तरिक पर्यटकहरुको घुईचो लाग्ने गरेको छ । शिवजीले बोकेर हिँडेका बेला सतीदेवीको नयन (आँखा) यस क्षेत्रमा खसेकाले नयनबाट नयनी हुँदै बोलीचाली भाषामा यस ठाउँको नाम नैनी रहन गएको किम्बदन्ती छ।…