मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऊ पनि गुरु !

ऊ पनि गुरु !


हिमाल उदासी

ऊ पनि गुरु !

पहिले ऊ गुरु मान्थ्यो
अभिभावक मान्थ्यो
अन्नदाता मान्थ्यो
आदर्श मान्थ्यो
सबथोक मान्थ्यो
यतिसम्म की भगवान मान्थ्यो ।

त्यै सबथोक मान्नेले
एकदिन मागेको
थोरै पाएनछ
मनका जसो
एकछिन भएनछ !

त्यहीदिनबाट उसले
माथिका सबै आदर्श
मान्न छोडयो
यतिसम्म की
बोल्नै छोडयो
मुस्कुराउन छोड्यो

ऊ आउनै छोडयो ।

तर
आज मेरो जिवनमा
यति धेरै ज्ञान दिएर जाने
ऊ पनि गुरु भएको छ
ठुलो गुरु भएको छ ।