काठमाडौं- नेपालमा डेंगु भाइरसको सङ्क्रमण सेरोटाइप-२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप-२ स्वरुप बढी देखिएको हो। महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले सेरोटाइप-२ स्वरुपको डेंगु ४१ प्रतिशत देखिएको जानकारी दिए। महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ नमुना…