मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ पाठ्यक्रममा आधारित एमएलपी तालिम नेपालमै पहिलो पटक बयलापाटा अस्पतालबाट सुरु

नयाँ पाठ्यक्रममा आधारित एमएलपी तालिम नेपालमै पहिलो पटक बयलापाटा अस्पतालबाट सुरु


अछाम : अछाम जिल्लाको बयालपाटा अस्पतालमा २ महिने (मध्य स्तरको अभ्यास) एमएलपी तालिम सुरु भएको छ । नयाँ पाठ्यक्रममा आधारित तालिम नेपालमै पहिलोे पटक बयालपाटा अस्पतालमा सुरु भएको हो ।

नयाँ पाठ्यक्रमको पहिलो तथा एमएलपी निरन्तरताको २४ औँ ब्याचका रुपमा बयलापाटा अस्पतालमा तालिम सुरु भएको स्वास्थ्य तालिम केन्द्र धननगढीका स्वास्थ्य शिक्षा प्राविधिक हरिष बहादुर चन्दले बताए ।

स्वास्थ्य तालिम केन्द्र सुदूरपश्चिम प्रदेश धनगढी कैलालीको आर्थिक सहयोग, निक साईमन ईन्सिच्युटसंगको सहकार्यत तथा बयालपाटा अस्पतालको व्यावस्थापनमा तालिम सुरु भएको र यसपछि सेती अस्पतालमा समेत तालिम सञ्चालन गरिने उनले बताए ।

पारामेडिक्स्हरुको दक्षता बृद्धिका लागि तयार पारिएको तालिम देशका अन्य प्रदेशमा समेत सञ्चालन हुनेभएपनि नयाँ पाठ्यक्रमको तालिम भने पहिलो पटक सोमबार बयालपाटा अस्पतालबाट सुरु भएको चन्दले बताए ।

सरकारी स्वास्थ्य सेवामा रहेका एचए तथा सिएमहरुको स्वास्थ्य दक्षता बृद्धि गरी नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा दिने उद्देश्यले एमएलपी तालिम सञ्चालन भईरहेको छ । यसअघि बयालपाटा अस्पतालमा एमएलपि तालिमका २३ औँ ब्याच सम्पन्न भईसकेका छन ।

बयालपाटा अस्पतालका शल्यचिकित्शा निर्देशक डा. मन्दिप पाठकको अध्यक्षतामा कार्यक्रम गरी तालिको सुरुवात गरिएको हो । कार्यक्रममा स्वास्थ्य तालिम केन्द्र धननगढीका स्वास्थ्य शिक्षा प्राविधिक हरिष बहादुर चन्द, निक साईमन ईसिच्युटका तालिम अधिकृत अर्चना बोहरा, डाक्टर अतुल भारद्धाज, प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।