बैतडी - भारतबाट फर्किएका एक जनाको बैतडीको क्वारेन्टिनमा मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका वडा नम्बर ६ कै भारतबाट आजै आएका ३१ बर्षीय पुरुषको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए। साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो। पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा…