सरकारले अतिआवश्यक काम बाहेक एक जिल्लाबाट अर्का जिल्ला प्रवेश गर्न नदिने निर्णय गरेपछि कैलाली र कञ्चनपुरका आन्तरिक सीमामा पनि कडाई गरिएको छ। शनिबार दुवै जिल्लाका थप तीन जनामा कोरोना भाईरस ९कोभिड–१९० का संक्रमित भेटिएसँगै लकडाउनमा पनि कडाई गरिएको हो। स्थानीय प्रशासनले आन्तरिक सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्दै दुवै जिल्लामा बिहानैदेखि कडाई गरेको…