धनगढी: नेपालभर लागुऔषध प्रयोग तथा ओसारपसार गर्ने जिल्लामध्ये कैलाली चौथो नम्बरमा रहेको पाइएको छ। मंगलबार धनगढीमा सम्पन्न भएको लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रममा गृह मन्त्रालय लागु औषध नियन्त्रण शाखाका प्रमुख गोकर्णप्रसाद उपाध्यायले उक्त तथ्यांक सार्वजनिक गरेका हुन्। यसको तथ्यांक हेर्दा देशभरमा उच्च जोखिममा रहेका ५ जिल्लामा कैलाली चौथोमा देखिएको हो । नेपालमा काठमाण्डौँ, रुपन्देही, कास्की, कैलाली र…