धनगढी : सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि ५ बेडको छुट्टै आईसियु सञ्चालन गरिएको छ। प्रादेशिक अस्पतालले सूचना जारी गर्दै मंगलवारदेखि २ वटा भेन्टिलेटर सहित ५ बेडको आईसियु सञ्चालन गरिएको जनाएको छ। कोरोना भाईरसका जटिल बिरामी भए उनीहरुको उपचारमा सहज होस भन्नका लािग भेन्टिलेटर सहितको आईसियु सञ्चालन गरिएको सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज…