नेपालगंज - बाँके र बर्दियामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको छ। भेरीको प्रयोगशालामा गत २४ घण्टामा ८१ जनामा कोरोना परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण देखिएको छ। यो तथ्यांकले कुल परीक्षणको ९२ दशमलब ६ प्रतिशत व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको देखाउछ। श्वासप्रश्वास सम्बन्धि समस्या, ज्वरो वा अन्य लक्षणसहित अस्पतालमा आएका व्यक्तिहरूमा पिसिआर परीक्षण गर्दा उनीहरुमा संक्रमण…