मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा कतिपय स्थानीय तहहरुले सुचना गोप्य राख्ने गरेको एक कार्यक्रमका सहभागीको भनाई

अछाममा कतिपय स्थानीय तहहरुले सुचना गोप्य राख्ने गरेको एक कार्यक्रमका सहभागीको भनाई


अछाम : सुशासन,पारदर्शीता र खुल्लापनका लागी सुचनाको हक अपरिहार्य रहेको राष्ट्रिय सुचना आयेगका प्रमुख सुचना आयुक्त महेन्द्रमान गुरुङ्गले बताएका छन ।

मंगलसैनमा सम्पन्न भएको सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सुसूचित समाज निर्माणका लागी सुचना लिने र दिने कार्यले सुशासन,पारदर्शीता र खुल्लापनको प्रत्याभूत हुने बताएका हुन ।

राष्ट्रपति कार्यालय देखि सबै स्थानीय कार्यालय तथा सार्वजानिक निकायमा सबै सर्वसाधारण नागरिकले सुचना माग्न पाउने अधिकार भएकाले दुरदराजका आम सर्वसाधारण नागरिकका लागी आफ्ना आफ्ना आधारभूत आवश्यकता जान्न चाहेको खण्डमा उनिहरुलाई सहज रुपमा सुचना प्रदान गर्न पनि सम्पुर्ण सुचना अधिकारीलाई आग्रह गरेका हुन ।

कतिपय स्थानीय तहहरुले सुचना आदानप्रदानमा प्रभावकारीता नदेखाएको समेत प्रमुख आयुक्त महेन्द्रमान गुरुङ्गले बताए ।

सुचनाको हक सम्वन्धी अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख ललित कुँवरले नियम कानुनको प्रावधानमा रहि सबैले सुचना आदानप्रदान गर्नु पर्ने बताए । अछामका सार्वजानिक निकायहरुमा जनशक्ती अभावका कारण सुचना प्रवाहमा केहि समस्या भएको उनले उल्लेख गरेका हुन् ।

सुचना प्रवाहमा पत्रकार तथा संचार माध्यामको अग्रणी भूमिका रहने भएकाले स्वच्छ,निष्पक्ष ढंगबाट सुचना प्रवाह गरि आम नागरिकलाई सुसूचित पार्न जिल्ला समन्वय समिती प्रमुख ललित कुवँरले बताए ।

अछामका प्रमुख जिल्ला अधिकारी राम दत्त पाण्डेले संविधानमानै सुचनाको हक प्रष्ट उल्लेख गरेकाले ढुक्क भएर सुचना माग्न सबैलाई आग्रह गरेका छन् । सबै अधिकार स्थानीय तह अन्र्तगत भएकाले प्राय स्थानीय तहहरुमा सुचनाको हक सम्बन्धी प्रशिक्षण दिनु पर्ने आवश्यकता औँल्याएका छन ।

सुचना हाम्रो अधिकार,सुचना र बिकासको आधार भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै राष्ट्रिय सुचना आयेगको आयोजनामा जिल्ला स्थित कार्यालय प्रमुख,सुचना अधिकारी,संचारकर्मी एवम,सरोकारवाला संग सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलसैनमा सम्पन्न भएको हो ।