प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं कोरोना बिरामीमुक्त भएको जनाएका छन्। शुक्रबार आफ्नो व्यक्तिगत ट्विटर ह्याण्डलबाट ट्विट गर्दै उनले यस्तो बताएका हुन्। उनले ट्विटरमा लेखेका छन, ‘ कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको छ। डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना…