मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला बाहिर भएका विद्यार्थी प्रति नेसिवंघ अछामको चाँसो

जिल्ला बाहिर भएका विद्यार्थी प्रति नेसिवंघ अछामको चाँसो


जिल्लाका प्रमुखहरुसंग फोन वार्तालाप, सबै सकरात्मक भएको सचिव स्वाँरको भनाई

अछाम ।

नेपाल विद्यार्थी संघ अछामले अध्ययनको शिलशिलामा जिल्ला बाहिर गएका विद्यार्थीहरुको विषयमा जिल्लाका प्रमुखहरु संग फोना वार्ता गरेको छ ।

नेविसंघ अछामका जिल्ला सचिव बम बहादुर स्वारले बुधबार जिल्ला भन्दा बाहिर अध्ययन गर्न गएका विद्यार्थीहरुको चिन्ता गर्दै जिल्लाका प्रमुखहरुसंग फोन वार्ता गरेका छन् ।

नेविसंघले दुई प्रमुख राजनीतिक दल नेकपा र नेपाली कांग्रेस, जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति अछामका प्रमुख, दशवटै स्थानिय तहका प्रमुख संग फोन वार्ता गरेको नेविसंघ अछामले जनाएको छ ।

अछाम जिल्लाबाट अध्ययनको शिलशिलामा देशका विभिन्न ठाउँमा गएका विद्यार्थी को विषयमा तपाईहरु ले के पहल गरि राख्नु भएको छ भनेर सचिव स्वारले प्रश्न गरेका थिए ।

जवाफमा प्रमुखहरुले जिल्ला बाहिर रहेकाहरुको तथ्याङ्क सङ्कलन हुँदै गरेको र गृह मन्त्रालयसंग संम्पर्क गरिहरेको जवाफ दिएका छन् ।

साथै प्रमुखहरुले खाद्यन्न लगायतका कुरामा अभाव भएमा सम्पर्क गर्नु अनुरोध गर्नुका साथै चिन्तित नबन र सुरक्षित बस्न सल्लाह दिएका छन् ।

थप के गर्ने भनेर जिल्ला स्तर मा छलफल भइरहेको छ, १५ गते सम्मको लक डाउन अवस्था हेरौं भन्ने उनिहरुको जवाफ थियो । जिल्ला बाहिर रहेका प्रति सबै चिन्तित र सहयोग गर्ने प्रति सकरात्मक भएका नेविसंघ अछामका सचिव स्वारले बताए ।

सबै तहका प्रमुखहरुले नागरिक प्रति जिम्मेवार रहेको जवाफ दिनुका साथे चिन्ता प्रकट गरेका थिए भने तिन स्थानिय तहका प्रमुखले फोन नउठाए पनि उहाँहरुको सकरात्क सुझाब सल्लाह र सहयनेग रहने अपेक्षा गरिएको सचिव स्वारको भनाई छ ।