मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा तुर्माखाँदले राहत काेष स्थापना गरि समस्यामा परेकालाई सहयाेग गर्ने

नेकपा तुर्माखाँदले राहत काेष स्थापना गरि समस्यामा परेकालाई सहयाेग गर्ने


टेकराज भण्डारी, अछाम –

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तुर्माखाँद गाउँकमिटी अछामले काेराेना भाईरस राेकथामका लागि लगाईएकाे लक डाउनका कारण समस्यामा परेका व्यक्तिहरुलाई सहयाेग गर्न गाउँ कमिटीकाे तर्फबाट राहत काेष स्थापना गर्ने भएको छ ।

गत चैत्र ११ गतेदेखि लगाईएकाे लकडाउन जारि रहेको र अझै लम्बिने अवस्था रहेकाले न्यून अाय भएका, गरीब, दैनिक ज्यालादारी मजदुर, असहाय, फरक क्षमता भएका व्यक्तिहरुकाे राहतका लागि नबिल बैंक तुर्माखाँद शाखामा खाता खाेली काेष सञ्चालन गर्ने निर्णय गरिएको छ ।

नेकपा तुर्माखाँद गाउँ कमिटी अध्यक्ष धरणीधर जैसीकाे अध्यक्षतामा सामाजिक दूरी कायम गरि बसेकाे कार्यालय बैठकले विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारीका लागि सहयाेग रकम समेत ताेकेकाे छ ।

जसमा गाउँपालिका कार्यालय सदस्यलाई १५ सय, गाउँपालिका सचिवालय सदस्यलाई १ हजार र गाउँकमिटि सदस्यलाई ५ सय सहयाेग रकम ताेकेकाे छ । बैठकले अन्य जिम्मेवारीमा रहनु भएका नेता कार्यकर्तालाई पनि राहत काेषमा सहयाेग गरिदिन अनुराेध गरेकाे छ ।

राहत काेषकाे व्यवस्थित सञ्चालन गर्न समेत बैठकले जिम्मेवारी ताेकेकाे छ । गाउँपालिका ईन्चार्ज पदम बुढकाे विशेष उपस्थिति रहेकाे बैठकले गाउँपालिकाबाट भारत, तेस्रो मुलुक, जिल्ला बाहिर तथा सीमा क्षेत्रमा रहेका व्यक्तिहरुकाे विवरण संकलन गरि स्थानीय, प्रदेश र संघीय सरकारबाट सहयाेग तथा उद्दारका लागि पहल गर्न अग्रह गर्ने तथा अाफ्नाे तर्फबाट पनि सहयोग गर्ने निर्णय गरेकाे छ ।

बैठकले काेराेना भाईरसका कारण वितरण हुन नसकेकाे सामाजिक सुरक्षा भत्ता सुरक्षित र व्यवस्थित वितरणका लागि गाउँपालिकालाई अाग्रह समेत गरेकाे छ । लकडाउनका कारण भैरहेकाे र हुनसक्ने कालाेबजारी राेक्न प्रभावकारी अनुगमन गर्नुपर्ने माग समेत गरेकाे छ ।

बैठकले एकद्वार प्रणालीबाट राहत वितरणमा जाेड दिँदै नेकपा अछामका सचिवालय सदस्य तथा ढकारी गाउँ कमिटी ईन्चार्ज नवराज साउँदकि अामा धर्मीदेवि साउँद लगायत अन्य दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेकाे गाउँ कमिटी सचिव गाैमती शाहीले जानकारी दिनुभयो ।