अछाम । अछाममा थप एक जनामा कोरोना भाईरसको संक्रमण देखिएको पुष्टी भएको छ । जिल्लाको मंगलसैन नगरपालीका वडा नं १ कुन्तिवण्डालिकी ५२ बर्षिय महिलामा संक्रमण देखिएको हो । उनको सेती अञ्चल अस्पतालको प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा क्रममा पिसिआर रिपोर्ट पोजिटिभ आएको हो । यसरी अछाममा जिल्लामा कोरोना संक्रमितको सङया १३ पुगेको हो ।