मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुधे बालक संगै बोकेर कोरोनाको लडाईमा क्रियाशिल छिन् चन्द्रा

दुधे बालक संगै बोकेर कोरोनाको लडाईमा क्रियाशिल छिन् चन्द्रा

सुदूर आज

अछाम ।

सेती प्राबिधिक शिक्षालय बाट पूर्ण छात्रवृत्तिमा २९ महिने अनमि (नर्स) पास गरेर सरकारी सेवामा प्रबेश गरेकी नर्स चन्द्रा न्यौपाने बिगत ६ महिना देखि जोरायल स्वास्थ्य चौकी डोटीमा कार्यरत छन् । बिगत ४ बर्ष देखि बैतडीमा काम गरेर कर्मचारी समायोजन अहिले जोरायमा बिरामीको सेवा तल्लिन छन् चन्द्रा।

आफू कार्यरत हेल्थ पोस्टमा आफु नै सिनियर भएकाले जिम्मेवारी पनि बढी नै छ उनी भन्छन् प्रसासनिक काम नि हेर्नू पर्छ खोप नि चलाउन पर्छ र कोरोनाको लडाईमा पनि होमिनु परेको छ । कोरोना भाईरसका कारण विश्व नै आक्रान्त रहेको बेला नेपालमा पनि यसको त्रास बढ्दो क्रममा छ । भाईरसकै कारण देशमा ११ जनाको मृत्यु भईसकेको छ भने करिब ३ हजार नजिक छ । तर यसै संत्रासका बिच पनि बिरामीको उपचारमा क्रियाशिल छन् जोरायल स्वास्थ्य चौकीमा कार्यतर अनमी (नर्स) चन्द्रा।

आफु एक्लै भए त खास्सै समस्या हुने थिएन संगै १ बर्षे छोरा बोकर जानु पर्दा संक्रमणको त्रास हुने हो की भन्ने डर चन्द्रामा भैरहन्छ । एक्लै त सुरक्षित भएर बिरामीको उपचारमा खटिन सहज हुन्थ्यो तर छोरा संगै भएका कारण अप्ठेरो भएको उनको अनुभव छ । तर पनि उनी दिनहु बिरामीको लागि क्रियाशिल भएर स्वास्थ्य सेवामा तल्ल्नि छन् । यति मात्रै होईन चन्द्रालाई भबिस्यमा अफिसर बनेर सेवामा नै क्रियाशिल हुने चाहाना छ । २५ बर्स देखि चन्द्राका बुवा पनि स्वास्थ्यकर्मी भएकाले उनलाई स्वास्थ्य क्षेत्रमा लाग्न प्ररेणा मिलेको बताउनछिन् ।

बिगत लामो समय देखि बिरामीको उपचार तथा स्वास्थ्य पेशामा होमिएकी यी नर्सलाई अहिले भने थप चुनौती थपिएको छ । लामो समय देखि बैतडीमा कार्यरत यी नर्स यति बेला कर्मचारी समायोजले गर्दा जोरायल गाउँपालिकाको लक्ष्मिनगर स्वास्थ चौकिमा कार्यरत छिन् । उनि लक्ष्मिनगरमा नियूक्ती बुज्दा छोरो सानै भएता पनि मिलनसार कर्मचारी र घरबाट सासुआमा बाबूलाई हेर्न आएको भएर खासै समस्या थिएन चन्द्राले भनिन तर अहिले भने उनलाई कति बेला त जागिर राजिनामा दिउ कि झै हुन्छ । बच्चा र बृद्धमा प्रतिरोधात्मक शक्ति एकदमै कम हुने हुनाले कोराना को संक्रमण हुने होकी भन्ने डर उनमा छ ।

तर पनि चन्द्राले हिम्मत्त हारेकी छैनन् आफु आफ्ना परिवारका साथै उनी अरु आउने बिरामी लाई समेत कोरोनाका बिरुद्ध लड्न सुरक्षित बस्न सुझाव सल्लाह दिन्छ्न । दैनिक बिरामी हेर्नु पर्छ । बिदामा बसम भने नी कसरी बस्नु सरकारले बिदामा नबस्न भनेको छ । हामी जम्मा प्राबिधिक ६ जना कर्मचारी छौँ, हामीले नै नजिककै बिद्यालयमा राखेका क्वारेण्टाईनमा राखेकाहरुको सम्पुर्ण चेकजाँच गर्नु पर्छ उनले भनिन्। त्यहि डरले आफु सङ्गै १ बर्से बालकलाई कसरी जोगाउन भन्ने चिन्ता उनमा छ । जोखिम पनि धेरै छ तेसैले कतै केही हुने होकि भनेर डर लाग्छ तर पनि बिरामीको उपचारमा रातदिन खटिएका छौँ । उनि भन्छन् सबैले घरमै सुरक्षित बसौँ, स्वास्थ्य सम्बन्धी केही आवश्यक उपचार परामर्श चाईएमा स्वास्थ्यकर्मीको सल्लाह लिनुहोला ।