मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वावलम्वन लघुवित्तद्धारा साफेबगर नगरको कोरोना कोषमा आर्थिक सहयोग

स्वावलम्वन लघुवित्तद्धारा साफेबगर नगरको कोरोना कोषमा आर्थिक सहयोग


सिता महता अछाम।

स्वावलम्वन लघुवित्त वित्तीय संस्था लिमिटेड उपशाखा कार्यालय साफेबगर अछामले नगरपालिकाको कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग गरेको छ । शाखाले साँफेबगर नगरपालिकाको कोषमा १० हजार रुपैयाँ सहयोग गरेको हो ।

बैंकका निमित्त कार्यालय प्रमुख देब बहादुर साउद नगर पालिकाका नगर प्रमुख कुल बहादुर कुवरलाई १० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल बिश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थितिमा देशमा कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका साथै न्यून आय भएका अप्ठ्यारो परेका वर्ग, समुदायलाई दैनिक उपभोग्य सामग्री वितरणमा सहयोग पुग्ने विश्वास लिई आर्थिक सहयोग रकम उपलब्ध गराएको हो ।

वित्तीय संस्थाले ग्राहक संरक्षण र संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समय समयमा ग्राहक तथा समुदायको हितको लागि विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । संस्थाले समुदायको हितको लागि तथा प्राकृतिक विपद् व्यवस्थापनका लागि विभिन्न राहतका प्याकेजहरु उपलब्ध गराउँदै आएको बैंकका निमित्त कार्यालय प्रमुख देब बहादुर साउदले बताए ।

यसअघि वित्तीय संस्थाले केन्द्रमा नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २५ लाख रुपैँया सहयोग गरेको थियो ।

राष्ट्रिय स्तरमा कार्यक्षेत्र रहेको संस्थाले हाल ६१ जिल्लामा रहेका १ सय ४० वटा शाखा कार्यालय मार्फत २ लाख ५० हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा तथा विभिन्न गैर वित्तीय, दक्षता अभिवृद्धि लगायतका सेवा प्रदान गर्दै आएको निमित्त कार्यालय प्रमुख साँउदले जानकारी दिए ।