मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

बयालपाटा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द


अछाम ।

जिल्ला स्थित बयालपाटा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालमा भर्ना भएकी गर्भवती महिलामा कोरोना भाईरस पोजेटिभ देखिएको भन्दै आकस्मिक र भर्ना भएका बिरामी बाहेकका सेवा बन्द गरिएको हो ।

उनि गर्भवतीको सम्पर्कमा धेरै स्वास्थ्यकर्मी सम्पर्कमा आएको भन्दै अस्पतालले संक्रमण फैलिन नदिन र जोखिम कम गर्न सुचना जारी गर्दै सेवा बन्द रहने जानकारी गराएको हो । साथै गर्भवती महिलाको सम्पर्कमा आएका स्वास्थ्कर्मीको पिसिआर परिक्षणका लागि सम्बन्धीत निकायमा पहल भईरहेको अस्पतालले जनाएको छ ।

शनिबार बयापाटा अस्पताल आएर सोमबार मात्रै कोहलपुर रेफर गरिएकी गर्भवती महिलामा कोरोनाको संक्रमण देखिएको हो । जिल्लाको चौरपाटी गाउँपालिका–५ निवासी २५ बर्षिया गर्भवती महिलामा कोहलपुरमा कोरोना भाईसको संक्रमण पुष्टी भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताएका थिए ।

भारतबाट आएर ११ दिन अघिबाट दयापिलतोला माविको क्वारेन्टाइनमा रहेकी गर्भवती महिलामा कोरोना भाईरसको संक्रमण देखिएको हो । आन्द्रा ब्लक भएर पेट फुले पछि आन्द्रामा घाउ भएको भन्दै उप उपचारका लागि बयालपाटा अस्पतालबाट रेफर गरिएको थियो ।

यस्तै बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले आजदेखि पूर्णरुपले बन्द गरिएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो ।

शिक्षण अस्पताल कोहलपुरमा ती बिरामीको जाँच गर्दा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । ती बिरामीको शल्यक्रिया गर्ने तयारी गरिए पनि कोरोना सङ्क्रमण देखिएपछि रोकिएको छ ।

अछामबाट कोहलपुर रेफर गरिएकी गर्भवतीमा कोरोनाको संक्रमण