मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अझै तीन दिन वर्षा नरोकिने, यस्तो हुनेछ मौसम ?

अझै तीन दिन वर्षा नरोकिने, यस्तो हुनेछ मौसम ?


काठमाडौं- पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण केहि दिन यता दिनहुँजसो हुँदै आएको वर्षा अझै तीन दिनसम्म लगातार हुने भएको छ । ठाउँ ठाउँमा चट्याङ र हावाहुरीसहित वर्षा हुने मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज (सोमबार) देशको पूर्वी भू–भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकामा पनि बिहानैदेखि मौसम धुम्मिनुका साथै वर्षा भइराखेको छ । यो क्रम अझै तीन दिनसम्म जारी रहने मौसमविद्हरुले बताएका छन् । बुधबारसम्मै आजको मौसम हुन महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । यो वर्ष प्री मनसुन अघिल्ला वर्षहरुको तुलानामा अधिक वर्षा भएको छ । बैशाख महिनामा मात्रै अघिल्लो वर्षको भन्दा ४० प्रतिशत बढि पानी परेको छ ।

जेठमा पनि अघिल्लो वर्षको भन्दा धेरै वर्षा भएको छ । यो वर्ष मनसुनमा भने औसत मात्रै वर्षा हुने मौसमपूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

जेठ १९ गते (सोमबार)

दिउँसोः देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

जेठ २० गते (मंगलबार)

दिउँसोः देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।पूर्वी भू-भागहरुका थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशको पूर्वी भू-भागहरुमा सामान्य बदली र मध्य पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

जेठ २१ गते (बुधबार)

दिउँसोः देशको पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशको पश्चिमी भू-भागहरुमा सामान्य बदली रहि मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी र पूर्वी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।